शिक्षा समाचार प्राज्ञिक विधार्थी परिषद् ब्यासनगर समितिले गर्यो दुर्गा मन्दिर परिसरको सरसफाइ कार्यक्रम March 20, 2021 Nisha Pandey Share to: प्राज्ञिक विधार्थी परिषद नेपालको नियमित सरसफाइ कार्यक्रम अन्तरगत शनिबार ब्यास-३ दुर्गामन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ। प्राज्ञिक विधार्थी परिषदका नगर संयोजक तेजप्रसाद लामिछानेको सभापतित्वमा संचालित उक्त कार्यक्रमका प्रमुख अतिथि ब्यासनगरपालिका वडा नम्बर -३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले प्राज्ञिक ब्याक्तित्व शिक्षक र विधार्थीहरुले आँफ्नो टोल र वडामा आएर सरसफाइ गरिदिदाँ अति सराहनीय कार्य गरेको बताउदै सुचना,सन्देशमुलक र सृर्जनात्मक कार्य गरेको बताउदै प्राज्ञिक परिषदले सचेत र सक्रिय रहन आफ्नो वडा वासी र टोलवासीलाई निरन्तर सामाजिक कार्यमा क्रियाशील रहन अग्रसर बनाएको प्रति आफू अति नै हर्षित भएको बताए । वडाध्यक्ष श्रेष्ठले संस्थाले विगत देखि बर्तमान सम्म सरसफाइ अभियानमा लागेर सााजमा सकारात्मक सन्देश दिन सफल भएको भन्दै खुसी ब्याक्त गरे। यसैगरी सामाजिक ब्याक्तित्व सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाभक्त अधिकारी ले प्राज्ञिक बिधार्थी परिषद नेपालले समाजमा अति रचनात्मक र उदहारणीय कार्य गरेको प्रति प्रसंसा गरे। शुभकामना मन्तब्यका क्रममा बोल्दै वैदिक पुरोहित समाजका अध्यक्ष तुलसीराम पौडेलले बौद्धिक जमातले रचनात्मक कार्य गरिदिदा समाजमा परिवर्तन तत्कालै हुने भएको हुदाँ विहानको फुर्सदिलो समयको सदुपयोग गरि आम युवाबर्गलाइ चरित्रवान,नैतिकवान र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण कदम चाल्न प्राज्ञिक विधार्थी परिषदले देखाएको कदम अति नै स्वागतयोग्य र महत्त्वपूर्ण भएको बताए । प्राज्ञिक विधार्थी परिषद नेपाल गण्डकी प्रदेशका पुर्व अध्यक्ष पुष्पराज खतिवडाले सनातनि चिन्तनमा जोड दिनुपर्ने ,शिक्षामा अंग्रेजीभाषा र हिन्दीभाषाको बड्दो प्रयोगले नेपाली भाषा र संस्कृतिमा प्रत्येक्ष असर परेको बताउदै आफ्नो नेपाली मातृभाषाको प्रयोगमा ह्रास आउन नदिन सबै सचेत हुन जरुरी भएको बताए । विज्ञान,प्रविधि र आफ्नो भाषा ,कला संस्कृति ,रीतिरिवाज ,चालचलन भेषभुषालाई अक्षुण राख्न प्रत्येक नेपाली सचेत रहन जरुरी रहेको बताए ।प्राज्ञिक बिधार्थी परिषद विसुद्द बौद्धिक सर्कलहरुको साझा र स्वतन्त्र संस्था भएकोले सबै मिलेर हातमा हात काँधमा काँध मिलाएर अधि बड्नुको कुनै विक्ल्प नरहेको उनले बताए । ब्यासनगर सरसफाइ शाखाका भाग्यशाली ढुङ्गानाले परिषद्ले विभिन्न समयमा विभिन्न खाले रचनात्मक र उदहारणीय कार्य गरेको भन्दै विभिन्न छुट्टाछुट्टै स्थानमा माषिक रुपमा गरिने सरसफाइ कार्यक्रमले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको प्रति आफू हर्सित भएको बताए । यसैगरी नेपाल मार्सल आर्ट सघ गण्डकी प्रदेशका अध्यक्ष अन्जनराज न्यौपानेले प्राज्ञिक विधार्थी परिषद्ले देखाएको सामाजिक सेवाभाव राष्ट्र र समाजकालागि अतिनै महत्त्वपूर्ण भएको बताए ।टोलवासीलाई सजग र सक्रिय राख्न सरसफाइमा ध्यान अाकृष्ट गराउन सरसफाइ कार्यक्रमगरिएको बताए ।वर्तमान अबस्थामा युवाहरु लागुऔषध दुर्वेशन,चोरी ,हत्या हिंसा, बलात्कार ,लुटपाटमा बडी सक्रिय भएको अबस्थामा जिल्ला ,नगरका आम युवाहरुलाई समेटेर सृर्जनात्मक र रचनात्मक कार्यमा उदहारणीय भुमिका निर्वाह गरेको भन्दै सचेतनामुलक कार्यको प्रसंसा गरे। ब्यास-३ स्थित दुर्गा मन्दिरमा सामुहिक सरसफाइ गर्दै प्राज्ञिक विधार्थी परिषद् ब्यास नगर समूह शनिबार दमौलीमा । Like