बजार अनुगमनकाे अवस्था र सुशासन विषयक अन्तरिक्रिया कार्यक्रम सम्पन्न

Share to:

काठमाणडाैं, फाल्गुण २८,

तराइ विकास तथा सञ्चार केन्द्र नेपालकाे अयाेजनामा केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका कार्यकारी सदस्य गाेविन्द प्रसाद चाैलागाइंकाे अध्यक्षतामा तथा काठमाणडाैं प्रेमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीकाे प्रमुख अातिथ्यतामा बजार अनुगमनकाे अवस्था र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाे । संचार केन्द्र, नेपालको हलमा आयोजित कार्यक्रममा विशेष अथिती बाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण बिभागका महानिर्देशक प्रकाश पौडेल र अतिथीहरु अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइराला, राजधानी दैनिक पत्रिकाका सम्पादक सागर पन्डित , रास्ट्रिय उपभोक्ता मन्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जन , वरिषठ समाजसेवी एवं पत्रकार केबी सम्राट लगाएत थिए । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले आ-आफ्नो सान्दर्भिक मन्तब्य जाहेर गर्नुभएकाे थियो।

मन्तव्यमा सबै मन्तव्यकारहरूले अनावश्यक मूल्यवृदि र कालाेबजारी गर्दा अाम उपभाेक्ता पीडित हुनुपरेकाे र यसकाे अनुगमन कडाइसाथ हुनुपर्नेमा जाेड दिएका थिए । बजार अनुगमन गर्ने निकायले बजार अनुगमन गर्दा प्रभावकारी नबनाएकाेले कालाे बजारी गर्ने व्यापारीहरूले हेपाइदाे प्रवृति गरेकाे बताएका थिए । यस्ता हेपाइदाे प्रवृित गर्ने व्यापारीहरूमाथि सम्बन्धित निकायले कार्वाही कमसल गरेकाे र कडा कार्वाही गर्न माग गरेका छन् । कार्यक्रममा सहभागी सरकारी अधिकारीले कालाेबजारी गर्नेमाथि सशक्त कारबाही हुने प्रितबद्दता जनाए ।

तराइ विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गाेविन्द प्रसाद चाैलागाइले कार्यक्रममाथि प्रकाश पार्नुभएकाे थियाे ।

प्रमुख अतिथि काठमाडाैं प्रजिअ काली प्रसाद पराजुलीले बजार अनुगमनलाइ प्रभावकारी बनाइने र नागरिकलाइ ठगी गर्ने कालाे बजारीयाहरूलाइ कानूनी कारवाहीमा ल्याइने प्रतिवद्दता जनाउदै नागरिकमा सेवाप्रवाह प्रभावकारी रूपमा पुराउन सके सुशासनकाे अनुभुति हुने बताउनुभयाे ।

विशेष अतिथि बाणिज्य अापूर्ति तथा उपभाेक्ता हकहित संरक्षण विभागका महानिर्देशक प्रकाश पाैडेलले बजार अनुगमनलाइ नियमित पारिने र अनावश्यक मूल्यवृद्दि गरी अामनागरिकलाइ ठगी गर्ने कालाे बजारीयाहरूलाइ नियम कानुन बमाेजिम कारवाही गरिने प्रतिवद्दता जाहेर गर्नुभयाे ।

अतिथि अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरिक्षक कृस्ण प्रसाद काेइरालाले यस्ता कालाेबजारिया गर्ने व्यापारीहरूलाइ समयमै उपभाेक्ताहरूले सूचना दिए कारवाहीकाे लागि हामी तम्तयार हुने बताउनुभयाे ।

राजधानी दैनिक पत्रिकाका सम्पादक सागर पंडीतले एक उदाहरण प्रेसित गर्दै कालाे बजारीयाले ६ लाख दीएर छुटेकाे बताउंदै कस्ताे छुट हाे प्रश्न गर्नुभयाे ।

राषट्रिय उपभाेक्ता मंचका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले अाफु अगाडि २० रूपैयाकाे काउली ३० रूपैयामा िकनेकाे र त्यही काउली उपभाेक्तासम्म पुग्दा ८० रूपैयामा किनवेच भएकाे उदाहरण दिदै यस्ता विचाैलियाहरूलाइ कालाे बजारी एन अन्तरगत कावार्ही हुनुपर्नेमा जाेड दिनुभयाे ।

वरिष्ठ समाजसेवी तथा पत्रकार के. बि. सम्राटले उपभाेक्ता मंचका अध्यक्षलाइ इंकित गर्दै उपभाेक्ताका लागि मंच तयार गरी अध्यक्षता ग्रहण रहेता पिन उपभाेक्ताका लागि केहि नगरेकाे बताउंदै काठमाडाैं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाइ नियम उलंधन गर्ने कालाे बजारीयाहरूलाइ कार्वाही गर्न सबै निकायहरूसंग सहयाेग लिइ यसै विषयकाे सुशासनकाे अनुभुति दिलाउन हुन अनुराेध गर्नुभयाे ।

Like