समाचार तनहुँ प्रहरीको नागरिक सुनुवाइ र सम्मान कार्यक्रम February 27, 2021February 27, 2021 Nisha Pandey Share to: फाल्गुन शुक्रबार ,१४ गते जिल्ला प्रहरी कार्यालय तनहुँले डुम्रेमा नागरिक सुनुवाइ कार्यक्रम गरेको छ। प्रहरी कार्यालयले जिल्लाको बन्दिपुरगाँउपालिका-४ डुम्रे बजारमा आयोजना गरिएको नागरिक सुनुवाइ तथा जग्गा दाता सम्मान कार्यक्रम शुक्रबार आयोजना गरेको हो। कुल७ आना जग्गा ईलाका प्रहरी कार्यालय डुम्रेलाई दान दिने डुम्रे निवासी बहुबृद्द समाजसेवीपतिपत्नी दोय धुब्रकुमार पिया र विष्णुकुमारी पियालाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य र जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक अरुण पौडेलले फुलमाला र दोसल्ला ओडाएर संयुक्त रुपमा सम्मान गरेका हुन। उक्त कार्यक्रमका प्रमुख अतिथि प्र.जि.अ सागर आचार्यले जिल्लाको शान्ति सुरक्षा र स्वतन्त्र पुर्वक ढुक्क भएर नागरिकले समाजमा बाँच्न पाउन आआफ्नो मनमालागेकाकुराहरु समाजमा भए गरेका विकृति ,विसंगति ,रुणीबादी कुसंस्कार का विरुद्ध र अपराध अपराधीको तिब्र पहिचान गरि कार्वाहीको दायरामा ल्याउन समय समयमा नागरिक सुनुवाइ कार्यक्रम गर्नुसमाज र नागरिकका लागि स्वागतयोग्य भएको बताए ।नागरिक सुनुवाइ जनताको सेवाकालागि हितकारी र समस्या समाधानको महत्त्वपूर्ण उपाय भएको बताउदै प्रजिअ आचार्यले समाजमा हुने गरेका अमानवीय ,असामाजिक गतिविधि रअपराध हुन नदिन र अपराधीहरुलाई कानुनी दायरामा ल्याउन प्रहरीले गरेको सचेतनामुलक नागरिक सुनुवाइ स्वागतयोग्य र जनहितकारी भएको बताए । नागरिक सुनुवाइबाट आम सर्वसाधारण जनताले आफनो पिर,मर्का ,गुनासा ,निर्धक भएर राख्न पाउन र उनीहरुको सेवा सुविधा र समाजमा हुने आपराधिक गतिविधि पुर्णरुपमा नियन्त्रणमा ल्याउन सहज होस् भन्ने उदेश्यले गरिएको सवालजबाफ कार्यक्रम नागरिककालागि अतिनै महत्त्वपूर्ण र उपयोगी भएको बताए । यस्ता खाले रचनात्मक कार्यक्रमले समाजमा हुने गरेको अपराध जन्य गतिविधिमा ह्रास आएको र नागरिकले प्रत्येक्ष आआफ्नो धारणा राख्ने, सुचना दिने र लिने अवसर पाएको बताए । कार्यक्रममा प्रजिअ आचार्यले नागरिकता ,सार्वजनिक जग्गा अधिकरण ,राजनैतिक घटनाक्रम ,जिल्लाको बर्तमान शान्ति सुरक्षाको अवस्थाका बारेमा स्थानीयहरु सग अन्तरक्रियात्मक सबाल जबाफ दिएका थिए। यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले जिल्लाको शान्ति सुरक्षालाई मध्येनजर राखि समाजमा अमन चयन कायम राख्ने उदेश्य जनताको सेवा सुरक्षा प्रधान गराउन हरदम कठिबद्द रहेको बताए ।उनले हालसम्म जिल्लामा३४ वटा प्रहरी ईकाई रहेको बताए ।उनले ८०५ जनानागरिक लाई एउटा प्रहरीले हेर्नुपर्ने बाध्यता रहेको बताए । ७२.५ किलोमिटर को पृथ्वी राजमार्गमा दुर्घटना न्युनिकरणकालागि हरदम लागि परेको बताए । लागुऔंषध ओसारपसार नियन्त्रण ,चोरीपैठारी, राज्श्व ढगी ,समुदाय सचेतना कार्यक्रम ,फरार अभियुक्त पक्राउ ,लुटपाट ,दकैटी,विभिन्न हिंसात्मक अपराध नियन्त्रण ,जिल्लाको शान्ति सुरक्षा, ज्यानमुद्दामा फरार अभियुक्त ,लागुऔषध ओसारपसार,अबैधरुपबाट हुने विभिन्न चोरीपैठारी ,अबैधरुपले संचालनमा आएका क्रसर उधोगहरुबन्द ,हत्या ,हिंसा,बलात्कार , रोक थाम र नियन्त्रणकालागि निरन्तर लागि परेको प्रहरी पौडेलले दावाा गरे ।नागरिकलाई सुचना पाएको५ मिनेटमा घटना स्थलमा पुग्ने लक्ष्य प्रहरीले राखेको छ उनले भने।कार्यक्रममा डुम्रेका स्थानीय समाजसेवीहरु समाजसेवी धुर्वलाल प्रधान ले डुम्रेमा दिन दाहाडै हत्य भएको प्रति प्रहरी को ध्यानाकर्षण गरे।यसैगरी समाजसेवी रामचन्द्र अधिकारीले तनहुँको प्राकृतिक उत्खनन रआमाको नामबाट नागरिकता पाउने विषयमा मन्तब्य राखे ,यस्तै तनहुँ उधोगबाणिज्य सघ डुम्रेका सदस्य राजेन्द्र पिया,पर्यटन ब्यवसायी बयिसगुरुङ, ब्यबसायी,नेक महम्मद मियाँ डुम्र को बस्तु स्थितिका बारेमा नागरिक अन्तरक्रिया गरेका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक प्रकाश भुषालले गरेका थिए भने कार्यक्रममा मनकामना गण भानुका गणपति संजय भट्टराई ,प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाको उपस्थिति रहेको थियोे । Like