१८ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा तनहुँका भरत गुरुङ प्रथम
जिल्लाको सदरमुकाम ब्यास-३ स्थित प्रशासन गेट सगै रहेको अनशन चौतारीबाट ब्यासनगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रिवन काटेर उक्त दौड प्रतियोगिताको उद्घाटन गरे।
कुल९ किलोमिटर लामो दुरीको खुल्ला महिलापुरुष दौड प्रतियोगितामा तनहुँ जिल्ला भानुनगरपालिका-३ तुरतुरे निवासी भारतीय सेनामा कार्यरत बर्ष-२३ का भरत गुरुङ प्रथम भएका छन्।उनले दमौलीबाट छाब्दीबाराही गेट सम्ममा३० मिनेटमा पारगरि प्रथम भएका हुन भनेयसैगरी दोस्रो स्थान ओगट्न सफल गोर्खा सिरानचौर-३का बर्ष२३ का दिनेश बोगटी रहेका छन्।उनले ३२ मिनट२५ सेकेन्डमा सो दुरी पारगरेका थिए।
यसैगरी, अर्का तृतीय स्थान ओगट्न सफल बर्ष-२३ का विरेन्द्रप्रसाद भट्टराई धनगढी निवासी हुन् आफुले विधार्थी रनिङ टिम नेपालमा प्रशिक्षण लिएर आएका खेलाडी भएको बताए ।उनले ३२ मिनट५० सेकेन्डमा उक्त दुरी पारगरेका थिए।
यसैगरी प्रतियोगितामा कुल ८१ जना धावकहरु सहभागी भएको सो खुल्ला दौड प्रतियोगितामा ६ जना महिला धावकहरुले भाग लिएका रोट्याकट कल्व अफ दमौलीका पुर्व अध्यक्ष मनोज राउतले बताए।
खुल्ला दौड प्रतियोगितामा छिमेकी जिल्लाहरुमा धनगढी,भक्तपुर ,वालिङ,पोखरा र रुपन्देहीका धावकहरुले प्रतियोगितामा भाग लिएका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सागर आचार्यले
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार १० रुपैयाँ र प्रसंसा पत्र सहित सम्मान गरे ।यसैगरी दोस्रो हुनेलाई ८ हजार८ रुपैयाँ नगद सहित जिल्ला प्रमाणपत्र सहित प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले प्रदान गरे।यस्तै प्रतियोगितामा तेस्रो हुने ६ हजार ६ रुपैयाँ राष्ट्रिय अनुसन्धानका उप निर्देशक शरदचन्दले वितरण गरेका थिए।
Like