खेलकुद १८ औ स्वर्गीय सचिन स्मृति खुला दौड प्रतियोगिता हुने February 24, 2021February 24, 2021 Nisha Pandey Share to: तनहुँ । फाल्गुन १२ गते बुधबार १८ औ स्वर्गीय सचिन स्मृति खुला दौड प्रतियोगिता दमौलीको प्रशासन गेट स्थित अनशन चौतारी देखि प्रसिद्ध छाब्दीबाराही मन्दिर सम्म शनिबार विहान७:३० वजे शुरु हुने भएको छ। कुल ९ किलोमिटर लामो दुरीको उक्त दौड प्रशासन गेटबाट पृथ्वी राजमार्ग हुँदै गल्बुवेसी, भादगाउँ ,चारकुने ,मोहोरियाटार र छाब्दीबाराही मन्दिरमा पुगेर टुङ्गिने कार्यक्रम रहेको बुधबार आयोजनागरिएको पत्रकार भेटघाट कार्यक्रमका अध्यक्ष रो,रोट्याक्ट क्लवअफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।उनका अनुसार १५ गते हुने उक्त खुल्ला दौड प्रतियोगितामा ५५ जना खेलाडीहरुको सहभागीता रहने अनुमान गरिएको र हालसम्ममा २९ जना खेलाडीहरुले नाम दर्ता गरिसकेको जानकारी समेत अध्यक्ष श्रेष्ठले दिए। उनले रोट्याकले जिल्लामा स्थापना काल देखिनै सामाजिक ,साँस्कृतिक तथा शैक्षिक विकासकालागि निरन्तर लागि पर्दै आएको बताउदै कल्वका संस्थापक सहसचिव स्वर्गीय सचिन कुमार श्रेष्ठलेले क्लवका लागि पुराएको योगदानको स्मरण गर्दै आफ्नो बार्षिक कार्य योजना अन्तरगत तनहुँ जिल्लाको धार्मिक एब्म् पर्यटकीय महत्त्व बोकेको ऐतिहासिक तिर्थस्थल छाब्दीबाराही देवीको मन्दिरको संबर्दन संरक्षण र प्रंबर्धन गराउने लक्ष्यकासाथ उक्त खुल्ला ढौड आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए। खुल्ला दौड प्रतियोगितामा प्रथम हुनेकालागि १० हजार१० रुपैयाँ ,दोस्रो हुनेलाई ८ हजार८ रुपैयाँ ,तेस्रो हुनेलाई ६ हजार ६ रुपैयाँ र बाल धावक र महिला धावकहरुकालागि २ हजार २ रुपैयाँ प्रदान गरिने भएको छ भने धावककालागि दर्ता निशुल्क गरिएको अध्यक्ष श्रेष्ठ जानकारी दिए। पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि औंषधी ब्यबसायी समिति गण्डकी प्रदेशका सदस्य रोटरी कल्व अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले स्वर्गीय सचिनले पुर्याएको योगदानको स्मरण गरे। स्वर्गीय सचिनको संझनामा निकै भावुक मुद्रामा देखिएका भण्डारीले भने सचिन एक सामाजिक ब्याक्तित्व थिए उनले भने। सचिनले हिडेको मार्ग अतिनै महत्त्वपूर्ण र उदहारणीय भएको बताउदै विसुद्द सामाजिक भावले गरेको योगदानको चीर स्मरण गरिने बताए । समाजका विकृति ,विसंगति र कुसंस्कारका विरुद्ध आवाज बुलन्द बनाउन सधैअग्रणी भुमिका निर्वाह गर्ने विभिन्न संचार माध्यम र रोट्रयाक बीचको सम्बन्ध नङ र मासु जस्तै प्रगाढ भएको प्रमुख अतिथि भण्डारीले बताए । उनले सचिनको रोट्रयाक प्रतिको योगदान र सामाजिक सेवा भाव कहिलैपनिविर्सन नसकिने गरि अमिट छापबनेर बसेको भन्दै सचिनको स्मृतिमा प्रत्येक बर्ष जस्तै यस बर्षपनि खुला दौड प्रतियोगिता हामीले राखेका हौ उनले भने। यसैगरी, उक्त पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासघ तनहुँका पुर्व अध्यक्ष प्रदिप काफ्लेले स्वर्गीय सचिनले रोट्याक्ट क्लव र समाजिक क्षेत्रमा पुर्याएको योग्दान र सक्रियताको जति ब्याख्या गरेपनि नसकिने बताए । सचिनको सामाजिक लगाब र क्रियाशीलता चीर स्थायी रुपले अतिनै प्रसंसनिय र उदहारणीय हुने बताए ।रोट्याक्टका युवाहरुको सक्रियता देखेर आफुलाई अतिनै खुसी लागेको बताए ।रोट्याक्ट सामाजिक गतिविधिमा अग्रपंतिमा देखिनु सुखद् भएको बताउदैपत्रकार महासघका पुर्व अध्यक्ष काफ्लेले कल्वका सम्पुर्ण क्रियाशील युवाहरुको प्रसंसा समेत गरे। कार्यक्रममा नेपाल पत्रकार महासघ तनहुँका अध्यक्ष ओमकार आचार्यले क्लव र संचारमाध्यामको सम्बन्ध अतिनै प्रगाढ रहने बताए । पत्रकार महासघ र सम्पुर्ण संचारमाध्यामहरुले उक्त आयोजित खुल्ला दौड कार्यक्रमलाई सब्य एब्म् भब्य रुपले सफल पार्न प्रेसले महत्त्वपूर्ण भुमिका निर्वा गर्ने वताए । कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रमका संयोजक विशाल श्रेष्ठ ले गरे भने पत्रकार भेटघाट कार्यक्रमको संचालन संचारकर्मी एब्म् रोट्याक्ट क्लवअफ दमौलीका सचिव किरण श्रेष्ठले गरेका थिए। कार्यक्रमको उद्घाटन ब्यासनगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। Like