स्कुटर दुर्घटनामा युवकको मृत्युु

अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ ,९ गते फाल्गुन
जिल्ला स्थित दुलेगौँडामा आईतवार भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकीनगरपालिका ढोरफिर्दी–८निवासी २० बर्षीय सन्देश भट्टराई रहेका छन् ।
गाछेपानीबाट दुलेगौँडातर्फ जाँदैगरेको ग १३ प ६३२ नम्बरको स्कुटर र विपरित दिशाबाट आईरहेको ग १९ प ३७०६ नम्बर मोटरसाईकल अचानक एकआपसमा ठोकिन जाँदा गम्भिर घाईते भएका भट्टराईको पोखरास्थित गण्डकी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रज रामशरण थापाले जानकारी दिए। घटनाको अनुसन्धान भैरहेको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।
Like