बायोफ्लक कृषि तालिम सम्पन्न

Share to:

चितवन सम्बाददाता/ फाल्गुन ८,

रुभिला ग्रुप प्रा लि द्वारा आयोजित बायोफ्लक कृषि तालिम चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा १ स्थित स्टार होटल चितवनमा प्रा. लि. का अध्यक्ष एवं नव प्रवर्तक सिर्जना कर्ता (इन्नोभेट्टर एंड क्रियटर) रुद्र श्रेष्ठको सभापतित्व र पशुपति अन्नपुर्णा आश्रमका अध्यक्ष एवं कृषि क्रान्तिका अभियन्ता के. बि. सम्राटको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा धार्मिक तथा अध्यात्मिक चिन्तनशील माता भद्रकालीको अतिथिको आतिथ्यता थियो । यहि चैत्र ७ र ८ गते आयोजित कृषि तालिम कार्यक्रममा भारतदेखि प्रशिक्षकहरुप आएका थिए । उनीहरुले बायोफ्लक मत्स्य पालन सम्बन्धि तालिम दिएका थिए । तालिममा भोजपुर सिन्धुली काठ्माण्डौ धादिंग नुवाकोट पर्सा बारा सर्लाही धनुशालागायाटका जिल्लाबाट किशन प्रशिक्षार्थीहरु सहभागी भएका थिए । प्रशिकका लागि प्रशिक्षण नारासाथ यो तालिम गरिएको जानकारी रुभिला ग्रुप प्रा लिका सदश्य कृषि विज्ञ एवं बायो टेक्निसियन लक्ष्मण घिमिरेले बताउनुभयो । चितवन जिल्ला नेपालको कृषि उर्बरा शक्ति भएको र यहा जुनसुकै बालि तथा पशुजन्य कृषि ब्यबसाय गर्न यहाका किशान हरु उत्प्रेरित र जागरिला हुनेसमेत घिमिरेले बताउनुभयो । कृषि तालिमपश्चात प्रमुख अतिथि के बि सम्राटले हाम्रो मुलुक कृषि प्रधान देश भएता पनि राजनीति खिचातानी र कुर्शी तानातानले मुलुकलाई जुनसुकै विधामा पनि संकट पैदा गरेको बताउदै कृषि मुलुकको मेरुदण्ड हो जसबाट मुलुक र जनताका आधारभूत समस्याहरु समाधान गरि आत्मनिर्भर हुन सिकाउछ बताउनुभयो । विशेष अतिथि प्रशिक्षक वैज्ञानिक डा. श्यामले हामि भारतदेखि आएर यहाहरुलाई बायोफ्लक मत्श्य पालन सम्बन्धि तालिम दिन पाउदा खुशी ब्यक्त गर्दै कृषि प्रबिधि जति हामी तालिम गर्दछौ त्यति नै कृषि बढ्ने र मुलुक सम्रिद्दशालितार्फ उन्मुख हुने बताउनुभयो ।

कृषि विज्ञ एवं बायोटेक्निसियन लक्ष्मण घिमिरेले कार्यक्रम संचालन गर्दै अब हामी राजनीतिको बाटो बिर्सिएर आशुनिक कृषितर्फ जाने समय आइ सकेको बताउनुभयो । अब मुलुक कृषि बतन नै हामी जोश जान्गरसाथ सामुहिक रुपमा कृषि गरि मुलुकलाई सम्रिद्द नेपाल सुखी नेपाली बनौन कम्मर कस्नु पर्ने भएको छ बत्तौनुभायो । सहभागी सबै प्रशिक्षार्थी प्रशिक्षक आयोजकसंस्था र हाल उपलब्ध गरेर सहयोग पुराउने सबैलाई धन्यवाद दिदै प्रमाणपत्र वितरण गर्नुभएकोथियो । कार्यक्रमको अन्त्यमा प्रा. लि. का अध्यक्ष एवं (इन्नोभेट्टर एंड क्रियटर) रुद्र श्रेष्ठले हाम्रो मुलुक १०० वर्ष भन्दा बढी नै पिध्हदिएको मुलुकलाई अझ धनि मणि बनाउन आजैदेखि हामी मिले १० वर्षदेखि १५ वर्षमा मुलुकले विश्वकै धनि मुलुक बन्नमा कुनै दुइ मत नभएको बताउनुभयो । मुलुकले अब काँचुली फेर्न हामि सबै नेपाली ऐकेबद्दता भै एकताको माला गाँस्न अनुरोध गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो । कार्यक्रम रत्ननगर नगरपालिकाको स्वीकृतिमा आगामी चैत्र १७ र १८ गते पनि सोहि स्थानमा हुने भएकाले सबै इच्छुक किसानहरुलाई सहभागी बनि लाभान्वित हुन् आह्वान गरिएको छ ।

रुभिला ग्रुप प्रा लि ले कृषकहरुलाइ उपलब्ध गराउने सेवा हरु यसप्रकार छन:-
१. निशुल्क माटो तथा पानी को परिक्षण 

२. निशुल्क तालिम तथा प्राबिधिक परामर्श निरन्तर गर्ने

३.  निशुल्क ब्याबसायिक बिस्तृत परियोजना प्रतिबेदन तथा स्किम तयार गरिदिने!

४. निशुल्क लगानी को ब्याबस्थापन सरलिकरण गरिदिने!

५. निशुल्क प्री हार्बेस्ट तथा पोस्ट हार्भेस्ट सम्बन्धी उचित ज्ञान्  प्रदान गर्ने!
६. कृषि मा आधारित सम्पुर्ण क्षेत्र  समेटिने गरि विभिन्न प्रकार का अति बहुमुल्य जात का बोट बिरुवा अन्न बाली साग सब्जी , जडिबुटि लगायत फलफुल खेती आधुनिक तबर  बाट गर्ने गराउने !७. दुग्धजन्य पदार्थ तथा माछा मासु  को उत्पादन को आधुनीककरण तथा सबलिकरण गर्ने गराउने!८. सबैप्रकारका कृषि उपकरण हरु सर्ब सुलभ मुल्य मा   किसान लाई उपलब्ध गराउने९. किसान ले उत्पादन गरेका बस्तु हरु लाई बाइ ब्याक ग्यारेन्टी को साथै प्रसोधन गरि  रास्ट्रीय तथा अन्तरास्ट्रिय बजार मा प्रबर्धन गर्ने .

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *