स्याङ्जालाई ३–ؘ२ को सेटमा पराजित गर्दै तनहुँ च्याम्पियन

Share to:
 मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि तनहुँ जिल्लाले जितेको छ ।
शनिबार भएको फाइनलमा स्याङ्जालाई ३–ؘ२ को सेटमा पराजित गर्दै तनहुँ च्याम्पियन बनेको हो ।पहिलो सेट स्याङ्जाले २५–२३ ले जितेको थियो । दोस्रो र तेस्रो सेट तनहुँले २५–१७२५–२० ले जित्यो ।
चौंथो सेटमा भने स्याङ्जाले २५–१३ ले आफ्नो पक्षमा पार्दा खेल फाइनल सेटमा धकेलियो । अन्तिम तथा पाँचौ सेटमा १५–१० को जित निकाल्दै तनहुँले उपाधि हात पारेको हो । उपाधिसँगै तनहुँले नगद २ लाख रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र समेत   प्राप्त गरेको छ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुल परिषद्का बोर्ड सदस्य राजेश गुरुङ लगायतले पुरस्कार वितरण गरे । फागुन ४ गतेदेखि पोखरा रंगशालाको भलिबल कोर्टमा सुरु भएको खेलमा ९ जिल्लाको सहभागिता थियो । 
Like