तनहुँ समाज हङकङद्वारा ३ संचारकर्मी सम्मानित

Share to:
तनहुँ । फाल्गुन ,७ गते शुक्रबार
तनहुँ समाज हङकङले जिल्लामा क्रियाशील  ३ संचारकर्मीहरुलाई सम्मान गरेको छ। समाजले नेपाल पत्रकार महासघ  तनहुँ शाखाको सभाकक्षमा उक्त सम्मान कार्यक्रम आयोजना गरेको हो। उक्त पत्रकार सम्मान कार्यक्रममा सम्मानित हुने पत्रकाहरुमा  नेपाल पत्रकार महासघ तनहुँका अध्यक्ष ओमकार आचार्य ,
नेपाल पत्रकार महासघ तनहुँ शाखाकि महिला उपाध्यक्ष सोनी खनिया र जिल्लाकि  क्रियाशील पत्रकार सुनिता आचार्यलाई सम्मान गरिएको हो।विभिन्न सामाजिक गतिविधिहरुलाई स्थानीय एब्म् राष्ट्रिय स्तरका संचारमाध्यामहरुमा व्यापक प्रचारप्रसारगरि जनचेतना जगाउने उदेश्यले   प्रभावित भै  लकडाउनका समयमा पनि आफ्नो स्वास्थ्य अवस्थाको ख्याल नराखी अहोरात्र जिल्लाका महत्त्वपूर्ण सुचना  र विविध गतिविधिहरुमा क्रियाशीलभै खटिएको भन्दै  उनीहरूलाई सम्मान  गरेको हो ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले  मन्तब्यका क्रममा बोल्दै  जिल्लामा विभिन्न संचारमाध्यमहरुमा संलग्न रहि  पत्रकारिता पेशामा निरन्तर लागि परेका पत्रकारहरुलाई सम्मान गर्न पाउँदा आफुलाई खुसी लागेको  बताए ।
प्रमुख अतिथि न्यौपानेले सक्रिय रुपमा  क्रियाशिल रहेका विभिन्न संचारमाध्यामका प्रमुख एब्म् प्रतिनिधिहरुलाई 
  हङकङ कर्म थलो बनाउदै आएका  नेपाली दाजुभाइहरुले समय समयमा महत्त्वपूर्ण गतिविधि संचालन गरिनु अति स्वागतयोग्य , समय सान्दर्भिक भएको बताउदै  समाजले हरेक बर्ष लोकतान्त्रिक मूल्य र मान्यता ,विचार आस्था र  प्रजातान्त्रको   भावना   प्रति कठिबद्द रहदै  निष्ठावान र उदारहणीय कार्य गरेको प्रति खुसी ब्याक्त गरे।
। हङकङ
समाजले जिल्लाका विभिन्न १० स्थानीय तहहरुमा अार्थिक रुपबाट पछिपरेका र विपन्न बर्गका ब्याक्तिहरुलाई जनही    १५-१५ हजार रुपैयाँ आर्थिक   सहयोग गर्दै आएको प्रति उच्च प्रसंसा गरे ।समाजिक ब्याक्तित्वहरुको पहलमा गठित हङकङ समाजले समय समयमा रचनात्मक र उदाहरणीय कार्य गरेको बताए ।समाजले विधालयमा रहेका गरिव तथा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ। सहयोग गर्ने क्रममा समाजले
ऋषिङका  वाढीपहिरो  पिडितहरुलाई गत असारमा २ लाख ४६ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको थियोे ।समाजले  जिल्लाका विभिन्न क्षेत्रहरुमा स्वास्थ्य सिविर, खानेपानी ,भवन ,पुस्तकालय ,लत्ताकपडा हस्तान्तरण गर्दै आएको छ।क्यामिनको छापथोक,भिमाद र रिसिङ लगाएतका स्थानहरुमा शुद्धीकरण सहितको पिउने पानीको ब्यबस्था गरेको छ।
हङकङ समाजले  विपन्न वर्गकालागि१० लाख राशिको अक्ष्यकोष  स्थापना गरेको छ भने भानु जन्म स्थल समितिमा ५ लाख रुपैयाँको लगानीमा पुस्तकालय स्थापना समेत गरेको छ।





Like