पशुपति अन्नपुर्णा आश्रमले भब्यताकासाथ सरस्वति पूजा मनायो

Share to:

रासंसा / काठमाडौँ / फाल्गुन ४ , पशुपति अन्नपुर्णा आश्रम केन्द्रिय समितिले आज फाल्गुन ४ गते मंगलबार भब्यताकासाथ सरस्वति महोत्सव सम्पन्न गरेको छ । पशुपति अन्नपुर्णा आश्रम मार्फत राष्ट्रिय समाजसेवी एवं आश्रमका प्रमुख संरक्षक प्रा. डा. जगदीश वैद्यको पहलमा त्रिभुवन विश्वविद्यालय किर्तिपुर परिसर उपकुलपतिको कार्यालय प्राङ्गणमा गत २०७६ साल सरस्वति माताको मन्दिर निर्माण सम्पन्न गरि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको थियो ।

२०७७ सालको श्रीपंचमी वसन्त श्रवण सरस्वति जयन्ति एवं रतिका पूजा आज ४ गते मंगलबारका दिन बिहान भब्यताकासाथ विद्यार्थी भद्र भलाल्मी प्राध्यापक डाक्टर शिक्षा विदलगायत सबैले मनाएर आश्रमका धार्मिक समितिका संरक्षक भक्ति बेलाश दाहालको पूजा पाठ बिधिसाथ सम्पन्न भएको आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राटले बताउनुभयो । यस अवसरमा आश्रमले सबै किसिमका पदाधिकारी तथा सदस्यहरुलाई एवं विभिन्न तहतप्काका महानुभावहरुलाई आमन्त्रण गरि महोत्सव सम्पन्न गर्न आग्रह गरेको थियो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका उपकुलपति प्रा. डा. धर्म कान्त बास्कोटा, किर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जन, प्रहरी वृत्त किर्तिपुरका प्रहरी परमुख रुकेश तन्दुकारलाई आमन्त्रण गरेपनि उहाँहरुको आफ्नो कार्य व्यस्तताले उपस्थित नरहेको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापक विद्यार्थी प्रतिनिधिहरुको उपस्थिति भई सभ्य र भब्यताकासाथ सरस्वति महोत्सब मनाएको जानकारी आश्रमका सदस्य रुद्र बहादुर श्रेष्ठले बताउनुभयो । पशुपति अन्नपुर्णा आश्रमले मुलुकका विभिन्न विद्यालय तथा विश्व विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरि महोत्सब मनाउदै आएको छ ।

पशुपति अन्नपुर्णा आश्रमले मुलुकका विभिन्न स्थानमा रहेका गुरुकुलहरुमामा लत्ता कपडा खाद्यान्न लगायतका सहयोगहरु गर्दै आएको छ । कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय समितिका संरक्षक इन्दिरा जोशी प्रा. डा. ई. पदमलाल महर्जन प्रा. डा. कमला महर्जन पुर्व उपकुलपति प्रा. डा. तिर्थराज खनिया, होम प्रसाद अधिकारी, आश्रमका प्रदेश प्रमुख विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति भएको महासचिव गुणराज दाहालले बताउनु भयो । सरस्वति महोत्सव कार्यक्रममा सृजनशील महिला समाज भुत्खेल्की अध्यक्ष शान्ति महत बरिष्ठ समाजसेवी मिर्ना अर्याल लगायतका विशिष्ट महानुभावहरुको उपस्थिति थियो ।

Like