तिम्रो यादमा पिउने बानीले बोलको गीत सार्वजनिक




सो म्युजिक भिडियोमाकलाकार
अजित जंग क्षेत्री र तेजिन्द्र भण्डारीले छायांकन गरेका छन्। म्युजिक भिडियोमा विजय थापा, सोनाली परियार, बिनोद खत्री , पवन राजा, सपना थापा , मनोज के.सी., विनम जंग खत्री र रिमा खत्रीको अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्देशन मनराज गुरुङ र विजय काजीको रहेको छ ।
म्युजिक भिडियोको तयारीभन्दा अगाडि नै अडियो सार्वजनिक भएको गीत निकै कर्णप्रिय रहेको छ । पवन राना मगरको स्वरमा रहेको उक्त गीतमा संगीत मनराज गुरुङको रहेको छ । उक्त गीत युवा पिढीहरुमा कुनै पनि विषयमा गहन अध्यान गर्न नचाहाने र गम्भीर भए कुनै पनि विषयमा चासो नदिने र जिन्दगीमा सुख होस या दुखमा होस मादक पदार्थ सेवन गर्दा नै रमाइलो महसुस गर्ने हरुका लागि र विशेषगरी माया पिरतीमा भुलेकाहरुले मिलन विछोड जस्तो सुकै अवस्थामा पनि मादक पदार्थलाई दुख सुखको साथी बनाउने गरेको उक्त गीतमा सन्देश दिन खोजिएको छ। प्रेममा धोका पाएका र सफल भएकाहरु अत्याधिक मदिरा सेवनगरि समय विताएकाहरु प्रति ,उदेश्य प्राप्ति प्रति ख्यालै नगरि दिनरात नसामा जीवन विताउनेहरुकालागि र प्रेममा वियोग सहन नसकि मादक पदार्थ सेवन गर्ने प्रेमी- प्रेमीका लागि मन छुने खालको गीत तयार गरिएको दौतरी बेण्डका चर्चित गायककार एब्म् संगीतकार मनराज गुरुङले बताए ।

Like