राजनीति सरकार तानाशाही प्रवृत्तिले चलेको छ-वरिष्ठ नेता पौडेल February 10, 2021February 11, 2021 Nisha Pandey Share to: रिपोर्टस् कलव नेपाल तनहुँ शाखाले देशको वर्तमान राजनैतिक अवस्था र नेपाली काँग्रेस पार्टीको प्रतिपक्षी दलको गतिविधिको भुमिकाका विषयमा ब्यास-३ स्थित विपी स्मृति भवनमा साक्षातकार कार्यक्रम आयोजना गरेको छ। उक्त साक्षात्कार कार्यक्रमका क्रममा वोल्दै नेपाली काँग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारका प्रधानमन्त्री र राष्ट्र पति विधादेवी भण्डारीले चालेको अधिनायकवादी शैली र हावादारी तरिकाले मेसोनमेलोले राज्य संचालन गरेको बताए। पुर्व उपप्रधानमन्त्री र सभामुख समेत बनिसकेका बरिस्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम को धोर निन्दा गरे।ओली निन्द्रामा बरबराएको र सुरविराएर संविधान विगटन गरेको आरोप लगाए। एकलवादीशैली ,तानाशाही र जनताको अहितगरि विगटन गर्दा देशका सबै नागरिकले दुख भोग्न बाध्य भएका र लोकतान्त्रनै उच्च धरापमा परेको बताए । जिल्लाका विभिन्न विकट स्थानहरुमा रहेका नेपाली काँग्रेस का कार्यकर्ता भेटघाट तथा भ्रमणका क्रममा उनले वर्तमान नेपाल कम्युनिस्ट सरकारको लापरबाही ,तानाशाही प्रवृत्तिले आमजनताहरु कोठा भित्र धुवाले अतालिए जस्तो भएको बताए । उनले जिल्लाका विभिन्न मार्गहरुमा बुदसिहमार्ग,क्यामिनमार्ग,भिमकालीका मोटर मार्ग, सिन्धुमार्गलगाएत् दर्जनौं मार्गहरु अलपत्र अबस्थामा रहेको र वर्तमान सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाए। प्रधानमन्त्रीको सांगठनिक शैली अपरिपक्व भएको बताउदै उनले सरकार कुहिराको काग जस्तै गरि आफनै रफ्तारमा ब्रेकफेल भएको सवारी जस्तो गरि एकोहोरो दौडीरहेको बताए । सरकार प्रतिदिन कम्जोर बन्दै गएको बताउदै राज्य संचालनमा ओलीको ओठतालु समेत सुकिसकेको बताए । अवको समयमा नयाँ राजनीतिक परिस्थिति आउने र नेपाली काँग्रेसले ले पुर्ण जिम्मेवारी बहन गर्ने दावा गरे। मुलुक विग्रह र अस्थिरताको बाटो तर्फ गएको उनले जिकिर गरे। देशको संविधान लाई जोगाउन नसकेको र भद्रगोले प्रवृत्तिले देश चरम संकटमा परेको छ उनले भने।प्रधानमन्त्री केपी शर्माओलीको तानाशाही प्रबृत्तिले देश विग्रहमा धकेलिएको र कुकार्य शैलीका विरुद्ध नेपाली काँग्रेसले देशैभरि चर्को विरोध अभियान शुरुभएको बताए । प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा कांग्रेस निर्णायक विन्दुमा पुगिनसकेको बताउदै उनले निर्णायक निश्कर्षमा पुगे बर्तमान सरकार लप्सीको वियो उछिटिए जस्तै गरि उछिटिन्न बाध्य हुने दावी गरे । माघ मसान्तसम्म केन्द्रीय महाधिवेशन शुरु गर्ने धोषणा भए पनि केही जिल्लाहरुमा क्रियाशील सदस्यताको फर्म बुझाउन केही ढिला हुदा महाधिवेशनको टुङ्गो लागिनसकेको उनले जानकारी दिए। संसद विगटन नेपाली जनताको हित विपरीत छ,जनतालाई स्वीकार योग्य छैन देश संकटमा छ।संविधानको पुनःस्थापना नगरे जनताले अतिनै दुख पाउने निश्चित भएको बताए । देशमा अराजकता ,अस्थिरता ,बेरोजगारी,महंगी र तानाशाही प्रवृत्ति हावी हुदाँ आमसर्वसाधारण मारमा परेको प्रति धोरभर्षणा गर्दै वरिष्ठ नेता पौडेलले आफू सत्तामोहमा नरहेको र निमुखा सिधासाधा जनताको हक ,अधिकार ,लोकतान्त्र र संविधानको रक्षा पुनःस्थापना प्रति सदैव कठिवद्द रहने बताए । उक्त साक्षातकार कार्यक्रमको सभापतित्व रिपोर्टस् क्लव गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्लेको सभापतित्वमा भएको थियो । Like