ट्याक्टर दुर्घटनामा ९ बर्षीया बालकको मृत्यु

Share to:
तनहुँ ।माघ २३ गते शुक्रबार ,
ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ।मृत्युु हुनेमा जिल्ला स्थित व्यास नगरपालिका वडा नं. ६ सेखाटार बस्ने बर्ष ९ का सरोज थापा रहेका छन्।
ब्यास नगरपालिका -६ बाकोरे खोला स्थित भित्री कच्ची सडकखण्डमा शुक्रवार साँझ साँगाबाट सेखाटार तर्फ आउदै गरेको ग १ त ३०८३ को ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट ३सय मीटर तल खस्न गई दुर्घटना हुदाँ सोही ट्याक्टरको ढालाले च्यापिएर घटनास्थलमै बालक थापाको मृत्यु भएको हो। उक्त ट्याक्टरमा सवार सोही स्थान बस्ने बर्ष४०को बुद्धि श्रेष्ठ, सोहि स्थान बस्ने २७ बर्षिया सरस्वती थापा समेत उक्त दुर्घटनामा गम्भीर घाईते भएकि छन्। गम्भीर घाइते सरस्वती थापाको जिल्ला अस्पताल दमौलीमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्र,ज अनिल पाण्डेले जानकारी दिए।
Like