विश्वभरि श्री स्वस्थानीमाताको व्रत शुभारम्भ

Share to:
दयाकि सागर श्री स्वस्थानी माता को व्रत शुभारम्भ
श्रीस्वस्थानीब्रतकथा शुभारम्भ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना सम्म विधिपूर्वक गरिने परम्परालाई चिरस्थायित्व दिन स्वस्थानी ब्रत शुभारम्भ भएको छ। आफ्नो मनोकामना पुर्णगर्न हिन्दुधर्मालम्वीहरु जिल्लाका विभिन्न शक्ति पिठको दर्शन र नदीमा स्नान ,दान,जप,तपकालागि हजारौंको संख्यामा ओहिरो लागेका हुन। तनहुँका महत्त्वपूर्ण नदीहरुमा देवघाट धाममा अवस्थित काली र त्रिशूली नदीमा हजारौं हिन्दु धर्मावलम्बीहरु,साधु ,सन्त,महन्त , भिक्षु,योगी,साधक पुरोहित लगाएत श्रदालु बर्तालु भक्तजनहरुले बिहीबार विहानै स्नान गरि जोगीहरुलाई दान गरेका थिए। यस‌ैगरि प्रसिद्ध मादी नदी ,सेती नदी ,बुल्दि खोला,छाब्दी खोला,म्याग्दे गुणादी ख‍ोला र साँगे खोलामा हजारौंको संख्यामा भक्तजनहरुको स्नान गर्न उल्लेख्य भिड लागेको देखिन्छ। श्रीस्वस्थानीब्रतकथा शुभारम्भ हुने महान पावन दिन भनेर विभिन्न मनोकामना पुर्णगर्न, शक्ति पिठ र नदीनाला,ताल तलैयाहरुमा भक्तजनको ओहिरो लाग्दा थरिथरिका पुष्प,धुप,दिप,नैबेध्यहरुले नदीहरु सुशोभित देखिए।
पौराणिक,धार्मिक मान्यता अनुसार तेत्तीस कोटि देवि देवताहरुले दैनिक,बैदिक व्रत ,जप,तप,स्मरण गरि आफुले चिताएको मनोकामना पूरा गर्न तन्त्र , मन्त्र, यन्त्र , सन्तान प्राप्तिकालागि माता श्रीस्वस्थानीको व्रत गर्ने गरेको पौराणिक विस्वासरहेको छ।
आफ्नो र आफना शाखा सन्तानको सुख, शान्ति , दिर्गायु, उतरोतर प्रगति,स्वस्थ्य ,संबृर्दि र विश्व ब्राह्मणमा शान्तिकालागिद ,अहिंसा, सुकर्म र कुनैपनि सिद्रिकालागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्री स्वस्थानी ब्रतबसी माघ स्नान गरिने परम्परा रहिआएको छ।
यसैगरी करुणाकी खानी ,दयाकी सागर ममता महीआमा भन्दै नाना बस्त्र गरगहना पहिरएर श्री स्वस्थानीमाताको व्रतका प्रभावले, जप ध्यान स्मरणले यक्ष,गन्धर्व ,किन्दर्व ,नाग,दैत्य ,ऋषिमुनि,महर्षि बेदब्यास,तेत्तीस कोटि देवि देवताहरु पनि यो भवसागरबाट पारतरेका थिए भन्ने धार्मिक विस्वास रहेको छ।
साथै आराध्य देव भगवान शिव पति पाँउ भनी माता श्री स्वस्थानीको निराहार अनुष्ठान ,पुजापाठ ,जप,तप स्मरण गर्दा स्वस्थानीमाता प्रसन्न भएर माता जगत जननी तेजस्वी माँ पार्वतीलाई श्रीमहादेव स्वामी बर्दान दिएको अविस्मरणीय महान दिन पौष शुक्ल चतुर्दशीमा विश्वका हिन्दुहरुले पुजाअर्चना गर्ने गर्दछन्।
यस पावन ,पवित्र दिनमा हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर माताको ब्रत शुभारम्भ गरिन्छ । एकाबिहानै माघ स्नान गरी मध्याह्नकालमा श्रीमहादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको मनोकामना पूर्ण होस् भनी श्रीस्वस्थानी भगवतीलाई अर्घ दिने र चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठवटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई दिने एवम् मीत छोरा पनि नभएमा फलानो मेरो कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहगाउने नियम उलेख गरिएको छ।
सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । ब्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको पाहिन्छ। विश्व ब्रमाण्डमा शान्तिको कामना गर्दै सबै प्राणीको मंगल ,रक्षा र कल्याणहेतु श्रीस्वस्थानीमाताको विश्व भर पुजन गरिएको छ।
Like