साँढेको जुदाई बाँछाको मिचाई भनेजस्तो नहोस्

Share to:
लेखक:- ( सुरेश सुनार – ) तनहुँ तरंग साप्ताहिक पत्रिकाका प्रकाशक हुनुहुन्छ ।
ठुला नेताका कारण जनताहरु साँढेको जुदाई बाँछाको मिचाई जस्तो बन्न पुगेका छन। देशमा पछिल्लो समय विभिन्न बिवाद बढेसंगै राज्नितिक अस्थिरता देखिन थालेको छ । बिबादका कारणहरु सत्ता र पद संरक्षण होस या उद्घाटन नै किन नहोस् जे काम गरेतापनि बिवाद नै सृजना भएका छन । छट छट् बुडि म अघि जाज्छु , भने उखानलाई बदलेर छट् छट् कम्रेड म कुर्चिमा जान्छु भन्ने बनाउदापनि फरक नपर्ने भएको छ ।
नेताहरु आफ्नो स्वर्थको लागि जुट्ने आफ्नै स्वरथको लागि फुट्ने तर सदाबाहर मारमा पर्ने जनता नै हुन । नेताहरु कुर्चि र सत्ताको लागि नीति ल्याउनपनि सक्ने र नियम तोड्नपनि सक्ने ,अल्लो घरर्के नरे पल्लो घर सरे भनेझै गर्नपनि सक्ने तर जे भनेपनि सहि हो भनेर सदबाहार आदेश पक्ष्याउने सोझा जनता सधै गोरुको जुदाई बाछाको मिचाई भन्ने उखान टुक्कामा पर्न बध्य भएका छन ।
सिङ्गो देश चलाउनको लागि कुर्चि खोसा-खोस गर्ने प्रमुख नेताहरु पार्टी चलाउन सकेका छैनन् । यउटाले अर्को लाई उचाल्ने अर्को ले अर्काेलाई पछार्ने परम्परा कैलेसम्म चल्नेहो अब भनेर जनता चिन्तित छन । आफ्नो स्वर्थको लागि जुट्ने आफ्नै स्वर्थको लागि फुट्ने संस्कार कहिलेसम्म चल्ने हाे ? सहि वा गलत के हो भनेर थाहा हुदाहुदैपनि मेरो पार्टी हो जसोगरेेेेपनि जे गरेपनि चल्छ भनेर झुटलाई साथदिने परिपटि कैलेसम्म हाे अब ? प्रहरी , प्रशासन र पत्रकार जस्तो बिस्वासनीय जगत पाटीको पुछार हुने प्रबिधि चलिरहेको गुनासो आम सर्बसाधरणाले गरिरहेको पाईएको छ । विश्वासिलो आधिकारिक र भरपर्दो निकायहरुसंग नै जनताको बिस्वाश नरहेपछि अब सर्बसाधरण जनताले कहाँ र कस्को ढोका ढक्ढकाउन जाने ?
के अब देश र देशको सिस्टममा सकरात्मक परिबर्तन नआउने नै हो त ? सत्ता र पावार भएका ब्यक्तिको फोन कलमा काम हुने आम सर्बसाधरण ब्याक्तिहरु सधै कान्लो मुनिको भ्यागुतो भएर नै बस्न बाध्य हुने हुन त सधैं ? यस्ताै संस्कार र संकृतिले देश कहाँ कुन अबस्थामा पुग्नेहाे ? अाँखा चिम्म गरि छातिमा हात राखेर निदारले धर्तिकाे माटाे छाेयर पुर्खाकाे पसिना र रगतकाे बाछिटालाई सम्झेर हेराैन एकपटक , के उनिहरुकाे बलिदानकाे प्रतिफल यहि हाे त ?
अन्त्यमा उद्घघाटन र प्रमुख अतिथि बन्नकोलागि लड्न तयार नेताहरु बिकाश र सकरात्मक परिबर्तन ल्याउनमा जोड देउ , पावार प्रदशनका लागि नेताको एक फोन सम्पर्कमा रोडमा उत्रिएर असुलग्यास र प्रहरीको भाटा खाना तयार कार्यकर्ताहरु बिकाश निर्माणका काममा तेसरिनै सहभागी भएर देखाउ , सत्तामा बसेकाहरु आफ्नो सत्ता र पावरको दुरुपयोग नगर , पत्रकार , प्रहरी र प्रशासन जस्तो बिस्वस्निय जगतले आफ्नो धर्म र कर्म नभुल र जनता ठुलो बडा बाठा टाठाले भनेको नै सहि हो भनेर आखा देख्ने अन्धो नबन, बिधेक ल्याउन सक्ने र बिगठन गर्न सक्ने , आफ्नो सत्ता र समित्वा बढाउन लगाउने बल र बुद्धि देश र जनताको द्विर्ग भलोको लागि लगाउ । जय होस् सबै नेेपाली सन्तानको। समग्रमा एउटा मन्त्र सधैं जपौ र मनन गरौं , नेपाली हामी रहुँँला कहाँ
नेपाल नरहे,हाम्रो नेपाल , राम्रो नेपाल । हामी नेपाली हाम्रो नेपाल

Like