पशुपति अन्नपुर्णा आश्रमद्वारा विद्यालयलाई २ थान कम्प्युटर हस्तान्तरण
रासंसा/ काठ्माण्डौ माघ ६
पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राटको समुपस्थितिमा लक्ष्मी आधारभूत विद्यालय तनहुँलाई २ थान कम्प्युटर हस्तान्तरंर भयो । पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यको संयोजनमा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनिंका अध्यक्ष एवं निगमका सह व्यवस्थापक विकाश बखातिले तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नम्बर ९ स्थित लक्ष्मी आधारभूत विद्यालयलका संस्थापक एव सुमेरु अस्पतालका निर्दिशक तथा सुमेरु फाइनान्सका कार्यकारी सचिव बिनोद आचार्यलाई २ थान कम्प्युटर आयल निगमकै कार्यकक्षमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा आश्रमका केन्द्रिय संरक्षक द्वय प्रा. डा. लब प्रसाद त्रिपाठी र प्रा. डा. ई. पदमलाल महर्जन एवं आयल निगमका कर्मचारीहरुको समुपशिती थियो । कार्यक्रममा आश्रमका प्रमुख संरक्षक रास्ट्रीय समाजसेवी प्रा. डा. जगदीश वैद्यले आफ्ना अनुभूति र समाजसेवा बताउदै आयल निगम स्वतन्त्र करामचारी युनिंलाई धन्यवाद दिनुभयो । आश्रमका केन्द्रिय संरक्षक द्वय प्रा. डा. लब प्रसाद त्रिपाठी र प्रा. डा. ई. पदमलाल महर्जनले पशुपति अन्नपुर्णा आश्रमको अर्थ अर्थ्याउदै आश्रमप्रतिको समाजसेवालाई अनुभूति प्रकट गर्नुभयो । आश्रमका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ संचार कर्मी के. बि. सम्राटले आयल निगमका स्वतन्त्र कर्मचारी युनिंलाई समाजसेवाप्रतिको कार्यलाई सर्हनैया गर्दै हामि मरेर केहि लदैनौ भन्ने मन्त्र हामि सबैमा भए समाजप्रतिको सेवाको मन निरन्तर लाग्ने सहयोगी हातहरुमा परिणत हुने कुराहरुमा जोड दिनुभयो ।
पशुपति अन्नपुर्णा आश्रमले निकट भविष्यमा मुलुकका सातै प्रदेशमा संस्कृत विश्व विद्यालय खोल्ने र निशुल्क अध्ययन अध्यापन गराउने र स्वदेशमै हरेक विषयका विधाहरुमा प्राचार्य सम्मको शिक्षालाई निशुल्क र खान बस्नको सुविधासहित हुने कुरा बताउनुभयो । नेपाल आयल निगमका स्वतात्र कर्मचारी युनियनलाई फेरिपनि धन्यवाद दिंदै जसले सधै दाङ गर्छ भगवानले पनि उसलाई सान मान दिनेमा दुइ मत नरहेको बताउनुभयो । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनिंका अद्यक्ष एवं सह व्यवस्थापक बिकाश बखातिले पशुपति अन्नपुर्णा आश्रमले गरेका समाजेवाप्रती कृतज्ञता ब्यक्त गर्दै पदाधिकारीहरुसंग भेट्ने र कुरा गर्ने अवसर मिलेकोमा खुशी ब्यक्त गर्नुभयो । अबका दिनहरुमा नेपाल आयल निगम र मेरो तर्फबाट आश्रम्संग सहकार्य गर्दै जाने बताउनुभयो ।