नेपाल तरुणदलको गण्डकी प्रदेशको संयोजकमा गुरुङ , विभागले ७ वटै प्रदेशमा संयोजक तोक्यो

Share to:

तनहुँ ।७ गते बुधबार नेपाली कांग्रेस तनहुँको तर्फबाट संघीय समानुपातिक उम्मेदवार पुर्ण गुरुङ तरुण बिभागको गण्डकी प्रदेश संयोजकमा मनोनित भएका छन्। तरुणहरुको हक ,हित र अधिकारकालागि सधै अहोरात्र आवाज उठाउदै अमुल्य योग्दान दिएका गुरुङ काँग्रेस पार्टीको विभिन्न तह र तप्कामा महत्त्वपूर्ण योगदान दिने युवा नेता मानिन्छन। उनले विभिन्न आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेको भन्दै गण्डकी प्रदेशको ११ जिल्लाको संयोजन गर्न गराउन संयोजकको भुमिका दिईएको हो।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय विभागले ७ वटै प्रदेशमा प्रदेश संयोजक तोकेको छ। केन्द्रीय तरुण विभाग र प्रदेशहरुबीच समन्वयगरि भुमिका निर्वाह गर्न गराउन र विभागलाई सधाउन संगठलाई थप गतिशील , मजबुत एब्म् प्रभावकारी बनाउने उदेश्यले माध ५ गते बसेको केन्द्रीय बैठकको निर्णय अनुसार ,प्रदेश१ बाट संयोजकमा झापा जिल्लाका मदनबहादुर बुढाथोकी रहेका छन्।यसैगरी प्रदेश २ वाट रामपल्टन शाह धनुषा,वाग्मतीवाट नारायण तिमल्सिना काठमाडौ , लुम्बिनीको रुकुमबाट नन्द बहादुर विष्ट,कर्णालीको दैलेखबाट राजेशकुमार शाही मनोनीत भएका हुन्।
विभागले नेपाल तरुण दलका ७ प्रदेशका युवाहरुलाई वर्तमान सरकारको तानाशाही प्रवृत्ति र अधिनायकवादी शैलीको धोर विरोध गर्न आआफ्नो प्रदेशबाट सशक्त आन्दोलनमा उत्रन विभागले निर्देशन दिएको छ।

[ नेपाल तरुण दलको गण्डकी प्रदेश संयोजकमा पुर्णबहादुर गुरुङ ]
Like