राधाकृष्ण मुर्ति हस्तान्तरण कार्यक्रम सम्पन्न

Share to:

काठमाडौँ, पौष २२, शेर सिंह भण्डारी

पशुपति अन्नपुर्णा आश्रम केन्द्रिय समितिका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य मार्फत उपलब्ध गराइएको राधाकृष्ण मन्दिरका लागि राधाकृष्ण मुर्ति किर्तिपुर नगरपालिका वडा न. ६ स्थित जलाविनायाकामा केन्द्रिय समितिले आज एक विशेष कार्यक्रमकासाथ हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के. बि. सम्राटको समुपस्थितिमा आश्रमका संरक्षक पुर्व उपकुलपति डा. तिर्थराज खनियाले सो मुर्ति किर्तिपुर नगरपालिका वडा न. ६ स्थित भुत्खेल्का जागृति महिला समुहलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रतिक्रिया दिदै राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यले मैले समाजसेवा दिएको समय र सेवा अब पनि निरन्तरता दिने उही भगवानको कृपाले हो जसले गर्दा मलाइ यस्ता मुर्तिहरुमात्र नभई घण्टा लगायत आवश्यक धार्मिक तीर्थस्थलमा आवश्यक सामाग्रीहरु उपलब्ध गराउदै आएको बताउदै अबपनि अझै ७७ वटै जिल्लामा सरस्वति माताको मुर्ति राधाकृष्ण भगवानको मुर्ति सम्बन्धित स्थानमा आवश्यक घण्टाको व्यवस्था मिलाऊने प्रण गर्नुभयो ।

आश्रमका संरक्षक तथा त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपति डा. तिर्थराज खनियाले यस्तो मुर्ति पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक प्रा. डा. जगदीश वैद्यले उपलब्ध गराएर पशुपति अन्नपुर्णा आश्रम मार्फत मैले हस्तान्तरण गर्न पाउनु गौरवको कुरा हो बताउदै हाम्रा महत्वपुर्णा मठ मन्दिरमा यस्ता मुर्तिहरु हस्तान्तरण गर्दै जाने बताउनुभयो । संस्थाका अर्का संरक्षक प्रा. डा. ई. पदम लाल महर्जनले पशुपति अन्नपुर्णा आश्रमको यो क्रियाकलापबाट हामी सबै सथानियावासी खुशी र गौरवित छौ कि अरु यस्तै कार्यहरुका लागि साथमा साथ गर्ने र विश्वमा पशुपप्ति अन्नपुर्णा आश्रम चिनौना समय नलाग्ने बताउनुभयो ।

किर्तिपुर नगरपालिका वडा ६ का वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनले पशुपति अन्नपुर्णा आश्रमका तथा यसै वडाका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यले अरु अन्य स्थानमा भन्दा यस किर्तिपुर नगर क्षेत्रमा जति धार्मिक पर्यटकीय तथा अन्य विधामा विकासका कार्यहरु गर्नुभयो त्यो नगरपालिका लगायत यस वडाका तर्फबाट धन्यबाद दिदै अबका दिनहरुमा पनि त्यस्तै कार्यहरु निरन्तर रहोस भन्नुभयो ।

आश्रमका राष्ट्रिय समिति नेपालका सभापति शेर सिंह भण्डारीले पशुपति अन्नपुर्णा आश्रमले गरेका क्रियाकलापदेखि खुशी लागेर मपनि सामाजिक सेवामा लागेको यहि सामाजिक कार्यले गर्दा अहिले राष्ट्रिय समितिको सभापति मनोनित गरेकोमा धन्यवाद दिदै आजको यो कार्यक्रमले अझ मलाई पाठ सिक्ने मौका र सामाजिक सेवालाई विस्तार गर्दै जानेमा जोड दिनुभयो । कार्यक्रममा जागृति महिला समुहकी अह्द्यक्ष शान्ति महतले माग गएको छोटो समयमा पशुपति अन्नपुर्णा आश्रमले राधाकृष्ण मुर्ति उपलब्ध गरेकोमा धन्यवाद दिदै हामि महिला समूह पनि अझ जागृति भै समाजसेवामा समाहित हुने बताउनुभयो ।

कार्यक्रममा अर्की सदस्यले हामी सबै मिले कुनै पनि कार्यक्रम सम्पन्न हुने बताउनुभयो । कार्यक्रम भुत्खेलमा भैरहेको जानकारी गराउदै महिला समुहले आमन्त्रण गर्नुभयो । कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के. बि. सम्राटले हाम्रो मुलुक सर्व धर्मावलम्बीको मुलुक सर्बजातिको मुलुक सर्ब परम्परा तथा रीतिरिवाजको मुलुकमा राधा कृष्णका मुर्तिमात्र नभई बुद्दका जैन शिख तथा ओम कार परिवारभित्र सबै किसिमका मुर्ति र मुस्लिम तथा अन्य धर्मवालाम्बिहरुलाई पनि आवश्यक सेवा पनि पशुपति अन्नपुर्णा आश्रमले उपलब्ध गराउने बताउनुभयो । कार्यक्रम निरन्तर भैरेहेको जानकारी आयोजक समितिले जनाएको छ ।

Like