सवारीसाधन चालक र पैदलयात्रुलाई सचेतना तालिम दिनु पर्छ – कानुन मन्त्री चुमान ………………………. – अन्जनराज न्यौपाने गण्डकी प्रदेश ,तनहुँ पौष,१९ गते आईतवार

Share to:
ब्यासनगरपालिकाको सभाकक्षमा आयोजनागरिएको कार्यक्रम
कार्यक्रमको उद्घाटन मोटरसाइकलको हेल्मेट लगाई दिदै कानुन मन्त्री हरिबहादुर चुमानले गरे

ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशको कार्यालय कास्कीले तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा ट्राफिक ब्यवस्थापन सुधार कार्यक्रम शुरु गरेको छ। ब्यास नगरपालिका -३ स्थित ब्यासनगरपालिका कार्यालयको सभाकक्षमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। स्वागत मन्तब्यका क्रममा बोल्दै ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रभुप्रसाद ढकालले ट्राफिक नियमको पालना गरौ दुर्घटनाबाट बचौ र बचाउ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरि कार्यक्रमको तर्जुमा गरिएको बताए । उनले वाषिर्क कार्यक्रम अन्तर सवारी दुर्घटना प्रदेशका११ वटा जिल्लाहरुमा सचेतना मुलक कार्यहरु एकै साथ शुरु गरिएको बताए । यात्राका क्रममा सवारी साधन चालको लापरबाही का कारण र सवारीसाधनहरुमा दुई पाग्रे सवारीसाधनहरु बडी मात्रमा दुर्घटना हुनेगरेको बताए । आईतवार देखि २ हप्ता सम्म उक्त सचेतनामुलक कार्यक्रम गरिने भएको जानकारी समेत उनले दिए। दुर्घटना न्युनिकरणका उपाया र नियन्त्रण विषयक कार्यक्रम गण्डकी प्रदेशका११ जिल्लाहरुमा सुचारु ढंगले संचालन गरिने ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका कार्यालय प्रमुख ढकालले बताए ।
यसैगरी कार्यक्रममा सवारी चालक र पैदलयात्रुलाई ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम दिनुपर्ने अनिवार्य भएको भन्दै उद्घाटन कार्यक्रमका क्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमन ले ब्यास-४ स्थित बजाज सोरुमका प्रोपाईटर टिका गिरीलाई मोटरसाइकलको हेल्मेट लगाई दिएर कार्यक्रमको उद्घाटन उनले गरे। गण्डकी प्रदेशका गृहमन्त्री समेत रहेका चुमान ले आफ्नो शुभकामना मन्तब्यका क्रममा बोल्दै ट्राफिक ब्यवस्थापनमा गण्डकी प्रदेश सरकारले ट्राफिक प्रहरीका उपयुक्त नयाँ प्रविधि ,उपकरण र सचेतनामुलक सहयोगी सामाग्रीहरु प्रदान गदै आएको र आगामी दिनहरुमा सहयोगमा कुनै कसर बाँकी नराख्ने बताए । मन्तब्यका क्रममा उनले सवारीसाधन को चाप दिनानुदिन बडेको र विशेषगरी दुई पाग्रे सवारीसाधनका कारण दुर्घटनामा दिन प्रतिदिन बृर्दि भएको छ उनले भने। धेरै जसो सवारी दुर्घटना ओभर स्पिड र अत्यधिक अनुभवको ओभर कन्फिडेन्स तथा महत्वकाक्षंकाकारण दुर्घटनामा वृद्धि भएको बताए । जिल्लाको प्रवेशद्वार आँबुखैरेनी देखि पश्चिम दक्षिण भेक कोत्रे सम्म ७२ किलोमिटर साघुरो बाटो भएका कारण सवारीसाधन दुर्घटना बड्न गएको उनले जानकारी दिए। ट्राफिक प्रहरीलाई प्रविधि युक्त बनाउन सिसिक्यामेरा,राडरगन,ब्रेथलाईजर , भिआईपीलस्क्ट मोटरसाइकल ,मोबाइल गस्तिकालागि ट्राफिक भ्यान र घटना घटाएको सवारीसाधन कुन स्थानमा छ भनेर निश्चित स्थानकहाँ हो भनेर ट्राफिक याप समयमै उपलब्ध गराउन प्रदेश सरकार कठिबद्द रहने छ उनले भने। जति सक्दो सडकमा हिड्ने पैदल यात्री र सवारीसाधन चालकहरूलाई सवारी दुर्घटना न्युनिकरण गराउन विभिन्न समयमा सचेतना मुलककार्यक्रम गर्न गराउन अति आब्श्यक र अनिवार्य भएको बताए ।
यसैगरी ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ट्राफिक प्रहरीको भवनकालागि प्रति जग्गा पर्याप्त भए पनि पुर्जावाला जग्गा उपलब्ध हुन नसकेको बताए । ट्राफिक प्रहरी सगको सहकार्यकालागि स्थानीय सरकारले पहल कदमी गरिरहेको बताए । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस्ता कार्यक्रमले देशको जिल्ला र प्रदेशको शान्ति सुरक्षामा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यसैगरी ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले प्रशिक्षण कार्यक्रममा दुई पाग्रे सवारीसाधन अत्यधिक दुर्घटना हुन जाने भएको र युवाहरुले अनुभव नहुदा वडी दुर्घटना गरेको र मोटरसाइकलका माध्यमबाट अत्याधिक लागुऔषध ओसारपसार गर्दा विकृति बड्ने गरेको बताए । स्थानीय सरकारले तनहुँ ट्राफिक कार्यालयकालागि जग्गा उपलब्ध गराउन तयार सधै भएको बताए । यसैगरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले ट्राफिक ब्यवस्थापन गर्न गराउन स्थानीय सरकारले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए । ट्राफिक होडिङबोड सयौंको संख्यामा प्रदान हुदा स्थानीय वासीलाई थप टेवा पुगेको र सवारीसाधन दुर्घटना र पैदल यात्रुको दुर्घटनामा कमी आएको बताए । जिल्लाका जोखिम युक्त स्थानहरु आँबुखैरेनी,बन्दिपुर ,ब्यासनगरपालिका ,म्याग्दे गाँउपालिका र शुक्ला गण्डकी नगरपालिकामा सयौं थान ट्राफिक संकेतका वोडहरु स्थानीय सरकारको सहकार्यमा हस्तान्तरण हुदा सवारी दुर्घटनामा तीब्र रुपमा न्युनिकरणभएको बताए ।
यसैगरी तनहुँ उधोगबाणिज्य सघका अध्यक्ष – मानकाजी श्रेष्ठले ओभर स्पिडका कारण बडी दुर्घटना हुन जाने वताए । उनले तनहुँ उधोग बाणिज्य सघ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सहकार्यमा ४९ थान सचेतना सम्बन्धि ट्राफिक होडिङ बोड हस्तान्तरण गरिएको बताए ।
यस्तै पत्रकार भेटघाटका क्रममा ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रभु प्रसाद ढकालले चालक र सहचालकलाई सवारी दुर्घटना न्युनिकरण विषयक कार्यक्रम संचालन गरिरहेको वताए । चालक सग १ मिनेट कार्यक्रमले सवारी चालक र पदलयात्रु अनि ट्राफिक प्रहरी बीच सुमधुर सम्बन्ध स्थापित हुँदै गएको बताए । गण्डकी प्रदेश मै पहिलो तनहुँमा ट्राफिक ब्यबस्थापन र ११ जिल्ला मा ट्राफिक सचेतना कार्यक्रम गरिदै आईको बताए ।
उक्त कार्यक्रमको संचालन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख रेशमबहादुर रानाभाटले गरेका थिए।

ब्यासनगर प्रमुख बैकुण्ठ न्यौपाने
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेल
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाट
राष्ट्रिय गानका क्रममा
अतिथिहरुलाई स्वागत गर्ने क्रममा सम्बोधन गर्नु हुँदै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रभु प्रसाद ढकाल
Like