तनहुँ कारागारमा १ सय बडी पुस्तक टिम नेपो द्वारा हस्तान्तरण
तनहुँ कारागारका कैदिबन्दिहरुलाई लक्षित गरि एक कार्यक्रमका बीच १ सयबडी पुस्तक हस्तान्तरण गरिएको छ। टिम नेेेपोको पहलमा सो पुुुस्तक हस्तान्तरण गरिएको हो। कारागारमा रहेका कैदीहरुको मानसिक एब्म् शारीरिक , सामाजिक तथा बौद्धिक स्तर सुधार गर्नको लागि करिब १ लाख रुपैया बराबरका पुस्तकहरु उपलब्ध भएको कारागारका जेलर नारायण अधिकारीले जानकारी दिए। उपलब्ध भएका थरिथरिका ज्ञानबर्दक रोचक र सरल पुस्तकहरुले थुनुवा कैदि बन्दीमा मानवता र सकारात्मक सोचको विकास चाँडोभन्दा चाँडो हुनेमा आफू विस्वस्थ रहेको बताए ।
विभिन्न चर्चित लेखकहरुको कथा,कविता,उपन्यास ,साहित्य ,कला,संस्कृति र अध्यात्मिक ज्ञानमा आधारित पुस्तकहरु हस्तान्तरण गरेर नेपो नेपालले नैतिक तथा सामाजिक ब्यबहारमा ब्यबहारिक परिवर्तन ल्यनउन सधाउ पुर्याउने छ प् जिल्ला अधिकारी सागर आचार्यले बताए ।
उक्त कार्य अतिनै सराहनीय भएको भन्दै नेपो नेपाल का सम्पुर्ण कार्य समितिका पदाधिकारी हरुलाई धन्यवाद दिदै जिल्ला कारागारका जेलर नारायण अधिकारीले आगामी दिनहरुमा पनि नेपो तनहुँले यस्ता उदहारणीय र रचनात्मक कार्यमा पहलकदमी गर्न सकोस् भन्दै पवित्र कार्यको प्रसंसा गरे।
करिब १ हजार ५ सय पुस्तक र दराज सहित स्थापना गरिएको पुस्तकालय नेपालमा तेश्रो स्थानमा तनहूँमा स्थापना गरिएको टिम नेपोका केन्द्रिय अध्यक्ष निगम पौडेलले बताए। केन्द्रीय अध्यक्ष पौडेलले पुस्तक हस्तान्तरण गर्न पाउँदा अतिनै खुसी लागेको छ उनले भने।
२ सय ९६ जना कैदी भएको जिल्ला कारागारमा यसरी पुस्तकालय स्थापना गर्न पाउदा टिम नेपोलाई गर्व लागेको संस्थाका अध्यक्ष गोविन्द तिमल्सेनाको भनाई रहेको थियो साथै कैदी जीवन बिताईरहेका दाजुभाई दिदी बहिनीहरुलाई यी पुस्तकले जीवन जिउने कला सिकाउन मद्धत गरोस् भन्ने मुख्य उदेश्य रहेको उनको भनाइ थियो ।
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेको संस्था टिम नेपोले देशैभरिका कारागारका कैदी बन्दिहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुर्नस्थापनाको हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामाग्री वितरण गर्नका निम्ति बिगतका बर्षदेखि संचालन गर्दै आएको पुस्तक परियोजना अन्र्तगतको अभियान अन्र्तगत तनहँ जिल्लाको जिल्ला कारागारमा पनि पुस्तकालय स्थापना गरिएको टिम नेपो तनहूँका संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष सुजन लौडारीले बताए।
समाज सेवामा आफुलाई होमेको टिम नेपोको मुख्य कार्यालय बुटवलमा रहेको छ । उक्त संस्थाले यसभन्दा अगाडि अर्घखाची र स्याङ्जा मा कैदिहरुको लागि पुस्तकालय स्थापना गरिसकेको छ । संस्थाले आउदा दिनहरुमा आफुलाई समाजसेवामा अब्बल बनाउन लागिरहने र टिम नेपो तनहूँका समिति तनहुँका साथीहरुबाट त्यस्को लागि प्रेरणा पाईरहेको टिम नेपोका केन्द्रिय अध्यक्ष निगम पौडेलको भनाई छ ।