“तमु ल्होसार” को अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको गीत सार्वजनिक

नेपालमा पप गीतको सुरुवात भए सगै तनहुँ जिल्ला कै पहिलो र पुरानो दौतरी ब्याण्डमा संस्थापकको भूमिका निर्वाहगरि विभिन्न गीत संगीतका मार्फत श्रोता माझ अतिनै लोक प्रिय रहेका मनराज गुरुङ (हरि)ले दर्जनौं बडी सांगीतिक संस्थाहरुमा आबद्दरहि चर्चामा आउन सफल भएका थिए।
समय परिस्थितिले गर्दा बिदेसिनु बाध्य भएको आजको अवस्थामा हाल जापानलाई कर्मथलो बनाई गीत संगीतलाई उनले आफनो सारथि बनाए। हाल जापानमा रहनुभएका मनराज गुरुङको शब्द संगीत रहेको गीतको संगीत संयोजन विलन थापाले गरेका छन् । स्थायी डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ मास्टरिङ कुमार थापाले गरेका हुन् ।
गीतको भिडियो गायक पवन राना युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोहरुमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कारहरु देखाइएको छ ।धार्मिक एब पर्यटकिय स्थलको रुपमा परिचित गोरखाको सिरानचोकमा छायाङ्कन गरिएको उक्त गीतको निर्देशन दीप कोके गुरुङले गरेका छन् भने छायाङ्कन मधुर बस्नेतको रहेको छ ।





Like