३१ औं विशुद्द ज्ञान दिवस मनाइयो

Share to:

रासंसा /काठ्मण्डौ पौष १७

प्रत्येक वर्ष जनवरी १ तारिखका दिन विशुद्द ज्ञान दिवस मनाउदै आउँदा आज ३१ औं विशुद्द ज्ञान दिवस चरित्र विज्ञानका प्रवर्तक योगाचार्य स्वामी सच्चिदानन्द विशुद्ददेवले आफ्ना शिस्यहरुलाई ज्ञान दि इएको ३१ वर्ष पुगेको वार्षिकोत्सवको पवन अवसरमा ३१ औं विशुद्द ज्ञान दिवस विश्व शान्ति ध्यान केन्द्रका अध्यक्ष स्वामी कल्याणी मित्रको सभापतित्वमा तथा जरोकिलो अभियानका अभियन्ता डा. निर्माण मणि अधिकारीको प्रमुख अतिथ्यमा राजचानिको पशुपतिमा एक कार्यक्रमबीच मनाइयो ।

कार्यक्रम पशुपति अन्नपुर्ण आश्रमका अद्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटले अति नै आकर्षक तथा सभ्य र भव्यसाथ संचालन गर्दै स्वामी सच्चिदानन्द विशुद्ददेवले लेखेको पुस्तक चरित्र विज्ञान या क्यारेक्टर साइन्स ले हामीलाई पनि शिष्य बनेको बताउनुभयो । कार्यक्रम विश्व शान्ति ध्यान केन्द्रको आयोजनामा गरिएको थियो ।

कार्यक्रममका सभापति विश्व शान्ति ध्यान केन्द्रका अध्यक्ष स्वामी कल्याणी मित्रले कार्यक्रममाथि प्रकाश पर्दै स्वामी सच्चिदानन्द विशुद्ददेवले आजकै दिनमा हामी शिष्य तिन जनालाई एकै दिन ज्ञान दिएको स्मरण गराउदै ध्यान बिना ज्ञान प्राप्त नहुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट जरोकिलोका अभियन्ता निर्मल मणि अधिकारीले जरोकिलोको अर्थ अर्थ्यौदै शिक्षा पर्यटन धर्म संस्कृति कृषि लगायतको मौलिकता नै जरोकिलो भएको र यसले यसका लागि कार्य गरि संसारभर फैलाउने बताउनुभयो । विशेष अतिथिको आसनबाट प्राकृतिक चिकित्सक सुर्य बहादुर कार्कीले आफु पनि स्वामी सच्चिदानन्द विशुद्ददेव्को शिष्य भएको र उहाँले दिएको शिक्षा नै हाम्रो लागि विशुद्द ज्ञान भएको बताउनुभयो ।

अर्का विशेष अतिथि चरित्र निर्माण संघका अध्यक्ष एवं स्वामी सच्चिदानन्द विशुद्ददेव्का शिष्य ऋषिकुमार प्रन्मुर्तिले स्वमिजीले हामी जो कोहीलाई मष्तिस्कमा समझदारी काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी को प्रसंशा गर्दै तिन एप्पलको उदाहरण दिनुभयो । अतिथि पाशुपत योग पुस्तक तथा अन्य पुस्तकका लेखक तथा पशुपति योग अभ्यास केन्द्रका अध्यक्ष स्वामी महात्मा सुशीलले स्वामीले दिएको ज्ञानलाई हामी सबै शिश्यहरुलाई संसारभरी फलाउने र यसो दुरुपयोग हुन नदिने बताउदै पाशुपत योग शिक्षा अब संसारभर कार्यक्रम गर्दै फलाउने प्रस्ट्याउनु भयो ।

कार्यक्रमको स्वागत मन्तब्य ब्यक्त गर्दै विश्व शान्ति ध्यान केन्द्रका उपाध्यक्ष एवं पशुपति अन्नपुर्णा आश्रमका प्रेस समितिका संरक्षक एवं स्वतन्त्र पतकर संघ नेपाल भक्तपुर शाखा अध्यक्ष डा. इन्दुल केसीले स्वमिजीले दिएको ज्ञानले हामी सबैलागी कल्याण गर्ने कार्यमात्र गर्छ र अहिले पनि स्वामीजी जिवितै रहेको स्मरण गराउनुभयो । अतिथिको आसनबाट ज्योतिष ओम प्रसाद दाहाल ओमकार बाबाले ज्योतिको दियो बल्दै अगाडी बाटो देखाउने नै ज्योतिष भएको र अग्याँलाई ज्ञान्तार्फा लानु स्वामी सच्चिदानन्द विशुद्ददेव्को ज्ञान भएको बताउनुभयो । अर्का अतिथि हरि प्रसाद बराल हरि बाबाले आफुले ज्ञान प्राप्त गरेको र कार्य गरेको स्मरण पोख्दै स्वमिजीले ज्ञान दिएको आज ३१ औं वर्ष वितिसकेछ तर यसको कार्यन्वयन गरेको लेख जोखा नभएको बताउनुभयो ।

अतिथिकै आसनबाट विश्व सन्त संगठन नेपालका अध्यक्ष लिल चौलागाईं भोलेनाथ बाबाले विश्वमा विभिन्न किसिमका व्यक्तिहरुमध्ये सन्त एक सच्चा र इमान्दार संगठन रहेको बताउदै त्यो संगठनभित्र स्वामी सच्चिदानन्द विशुद्ददेव रहेको पाइयो भन्नुभयो । अर्का अतिथि ११ जिल्ला अध्यक्ष गुरु लामा रिन्ग्पोचे खिल बहादुर तामांगले ओमकार परिवार भन्दा पबित्र धर्म अरु कुनै नभएको र विश्व शान्ति फौन्देसंले अब विश्वमा आगामी सन् २०९० सम्ममा शान्ति ल्याउने बताउनुभयो । कार्यक्रममा अन्य अतिथिहरुमा पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रिय सदस्य माता भद्रकाली, केन्द्रिय कोषाध्यक्ष राजेन्द्र मान डंगोल, माता दक्षिणकाली, सरस्वती माता, राजन न्यौपाने, बसन्त तिमिल्सिना, राजनीतिक कर्मी एवं आध्यात्मिक व्यक्तित्व कुसुम रेग्मी लगायतका विशिस्ता व्यक्तित्वहरुको उपस्थिति थियो ।

कार्यक्रममा अरु विभिन्न तहतप्काका महानुभावहरुको उपस्थिति थियो भने सो कार्यक्रममा ज्ञान दिवाशियारुपी प्रसादको व्यवस्था गरिएको थियो । कार्यक्रम प्रमुख अतिथि निर्मल मणि अधिकारीले दिप प्रज्वलन गरेर स्वामी सच्चिदानन्द विशुद्ददेव्को फोटोमा माल्यार्पण गर्दै समुद्घाटन गरिएको थियो । कार्यक्रममा पाशुपत योग अभ्यास केन्द्रका सचिव ज्योतिष पण्डित रमेश अधिकारीले स्वस्ति बचन गर्नुभएको थियो ।

कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमको मौलिकता समितिको संरक्षकमा डा. निर्मल मणि अधिकारीलाई संरक्षक पदमा मनोनित गर्दै पशुपति अन्नपुर्णा आश्रमको लोगो अंकित ब्याच स्वामी कल्याणी मित्रले ग्रहण गरौनुभेको थियो भने चरित्र निर्माण समितिको संरक्षक पदमा स्वामी प्रण मुर्तिलाई मनोनित गरि आश्रमको ब्याच ग्रहण गरेको थियो ।

यस्तै आज इस्वी सम्बत सन् २०२१ को पवन अवसरमा शुभकामना आदान प्रदान गर्दै मुलुकको शिर सगरमाथा जस्तै हाम्रो टोपी जुन आज राष्ट्रिय टोपी दिवस मानेकोमा शिरमा टोपी लगाएका उपस्थित सबै पशुपति अन्नपुर्णा आश्रमको सदस्यता ग्रहण गराउदै आश्रमको ब्याच लगाउदै टोपी दिवस मनाइएको थियो । कार्यक्रमको समापन स्वामी कल्याणी मित्रले गर्नभएको थियो ।

Like