सार्बजनिक यातायात केन्द्रिय महासंघको बैठक सम्पन्न, बैठकले तुरुन्त हक हितका लागि संघर्ष आन्दोलन गर्ने निर्णय

Share to:

सुमन मल्ल, काठमाण्डौ/पौष १०

सार्बजनिक यातायात केन्द्रिय महासंघको बैठक आज शनिबार सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले यातायात ब्यबसायिहरु मात्र नभएर अरु अन्य धेरै क्षेत्र प्रभावित भएको समयमा सो क्षेत्रका ब्यबसायिहरुका हक हितका लागि संघर्ष आन्दोलन गर्ने निर्णय निकालिएको छ ।

मुलुकमा विभिन्न व्यवसायिक क्षेत्र कोरोना भाइरसको कारण लक डाउन गर्नु परेका हुनाले प्रभावित भएका हुन् । तर यसका लागि सरकाले कुनै पनि प्रभावित ब्यबसायीहरुलाई कुनै पनि सहजता न अपनाएको कारण र पटक पटक सरकारलाई चेतना र शुचना दिंदा पनि त्यसको बदला कान थुनेर बसेका कारण संघर्ष आन्दोलन गर्न लागेको महासंघका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीले बताउनुभयो । लक डाउनले विभिन्न क्षेत्रमा परेको असरले मुलुकमा फेरि ब्यबसाय गर्न विकट परिस्थिति भएको र विभिन्न बैंकमा व्यवसाय गर्न लिएको ऋणको ब्याज तथा किस्ता तिर्न नसकेको र यतिखेरै ताकेता गरि मुद्दा मामला खेप्न वाद्य हुनुपरेकाले यो बैठकबाट यो निर्णय गर्न बाद्य भएको बताउनुभयो ।

महासंघले बैठकमा विभिन्न प्रस्तावहरु छलफल गरि निर्णय निकालेको छ । निर्णयमा महासंघको संघर्ष आन्दोलनमा विभिन्न समिति गठन गरि सो समितिले पहिलेका दिनाहरुभंदा पनि क्रियाशील भै आन्दोलन सफल बनाउन आग्रह गरेको छ । बैठकले संघर्ष आन्दोलनमा उपत्यका इन्ट्री हुनेस स्थानमा सबै किसिमका सवारी साधन अवरोध गर्ने सार्बजनिक साधनमा कालो झण्ड राखी यात्रीहरु नराखी बजार तथा चक्रपथ परिक्रमा गर्ने जस्ता कार्यक्रम रखिएको छ ।

महासंघले भोलि हुने राज्य धरपकडको अवस्थालाई मध्यनजर राखी आर्थिक व्यवस्थाको पनि निर्णय गरेको छ । निर्णयमा प्रत्येक सदस्यले रु. २ हजार उठाउने र आन्दोलनमा भैपरी आएका समस्याहरुलाई सुल्झाउने भएको छ । यस्तै महासंघको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन विषयमा पनि छलफल भएको छ । महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले संघर्ष आन्दोलनको नेतृत्व गर्ने भएका छन् ।

बैठकमा विभिन्न पदाधिकारीहरुले आ आफ्ना सुझाव र हिजोका भए गरेका असफलका कार्यहरु नदोहोर्याउने प्रतिबद्दता जाहेर गरेका थिए । सार्बजनिक यातायात केन्द्रिय महासंघका सल्लाहकार एव पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राटले अबका आन्दोलन सफल हुने सूत्रलाई मध्येनजर राखी आन्दोलनको कार्यक्रम तय गर्न सल्लाह दिनुभयो ।

आन्दोलन गर्दा कुनै पनि नागरिकको हक अधिकार नखोसिने गरि कार्यक्रम बनाउन र राज्यलाई घुडा टेक्न लगाउने बैज्ञानिक तरिकाले आन्दोलन तालिका तय गरेर मात्र आन्दोलन शुरुवात गर्न सुझाव दिनुभयो । महास्संघ्का केन्द्रिय पदाधिकारी लगायत आमस्न्त्रित महानुभावहरुको उपस्थिति थियो । महासंघका महासचिव भरत नेपाल उप महासचिव रामहरी श्रेष्ठ सचिव केशव नेपाल कोषाध्यक्ष विष्णु कुमार बस्नेत केन्द्रिय सदस्य कल्पना नेपाल सल्लाहकार सुमन मल्ल र आमन्त्रित सदस्यहरुमा रमेश कुमार सेढाइ बागमती प्रदेश उपाध्यक्ष मनोज कुमार महर्जन उपत्यका सदस्यहरुमा सिडन महर्जन दिलकुमार लिम्बु र प्रदेश सचिव मन कुमार सत्यवती उपस्थित थिए ।

Like