खेलकुद कर्णाली प्रदेश खेलकुद बिकास परिषदको सदस्यमा – हेमा खड्का मनोनीत December 25, 2020December 25, 2020 Nisha Pandey Share to: –अन्जनराज न्यौपाने ,काठमाडौं , पौष,१ ० ,गते खेलकुद बिकास परिषदमा कराते राष्ट्रिय खेलाडी एवं रेफ्री हेमा खड्कालाई सदस्य पदको जिम्मेवारी पाएकि छन्।बाबा डम्बर बहादुर खड्का र आमा पवित्रा खडकाको कोख बाट वि,स,२०४९असोज६ गते दैलेख नगरपालिका वडा नम्बर -८मा जन्म लिन पुगेकी खड्कालाई पौष ६ गते कर्णाली प्रदेश खेलकुद विकास समितिको सदस्य पदमा जिम्मेवारी दिईएको हो। नेपाल मार्सल आर्ट मा तृतीय डान लिन सफल खड्का झण्डै दुई दशक कराँते खेलमा आबद्ध भै राष्ट्रिय रेफ्रिको समेत भूमिका निर्वाह गर्दै आएकी छन्। हेमा खड्का नेपाल कराँते महासघमा कुनै नयाँ नाम भने हैन ,नेपालका विभिन्न जिल्लाका कराँते खेलका खेलाडी र प्रशिक्षकहरुले प्राय सबैले सुनेको र चिनेको नाम हो हेमा खड्का( बुलेट रानी ).बुलेटरानी चाहिँ उनको प्यारो नाम हो,खेलकुदमा अतिनै अनुशासित र लगनशील तथा कर्तव्यनिष्ठ खेलाडी मानिने उनीको जिवन हरेक खेलमा सहभागी हुँदै अचानक गर्दा गाडी दुर्घटना हुदाँपनि निकै समय उनी खेलकुदमा नै अहोरात्र विभिन्न पदमा रहेर सेवा गरिरहिन । स्वस्थ्यमा क्रमिक सुधार आएसगै उनी आत्मबल मजबुत बनाउन खेलमा खेल्न नसकेपनि विभिन्न खेलहरुमा अफिसियल टिममा र राष्ट्रिय स्तरका खेलहरुमा निरन्तर सहभागी नै भै रहिन। कर्णाली बुद्दीचाल सङको अधिबेशनमा उपाध्यक्ष पदमा जिम्मेवारी पाएकि छन् । हालै भएको ८ औ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागी हुने मौका मिलेको थिियोे। खड्काका अनुसार ,पछिल्लो चरणमा सबै खेलहरुबाट सन्यास लिएपनि आफ्नो पहिलो खेल कराँते खेल ,जस्ले राष्ट्रिय रुपमा आफुलाई चिनायो करातेका खेललाई निरन्तरता दिन अफिसियल टिममा सहभगी हुँदै आएको बताईन्। खेलप्रती सानो उमेर देखि नै अति नै रुचि राख्दै आएकी हेमा कर्णालीका विभिन्न उमेर ,तौल समुहका महिलाहरुलाई फुटबल ,भलिबल ,टेबलटेनिस ,चेस,लुडो ,मार्सल आर्ट्स कराँते जस्ता महत्त्वपूर्ण खेलहरुमा प्रशिक्षण दिदै उनीहरुपनि खेल क्षेत्र बाट क्षेत्र ,जिल्ला र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढुन स्वस्थ्य हुन,निडर बनुन सामाजिक अपराध ,बलात्कार जस्ता घटनाहरुबाट संयम सुरक्षित रहन सकुन भन्ने उदेश्यले उनले विभिन्न ठाँउहरुमा आत्मरक्षा तालिम कराँते खेलको प्रशिक्षण गराउदै आएकि छन्। आमा बुवाले ठुलो लगानी गरेर इन्जिनियरिङ्ग पढाउनुभो पढाइका अलावा सानो उमेर देखि समाजसेवामा र बिद्यार्थी राजनीति अनि खेलकुद नै जीवनको महत्त्वपूर्ण जिम्मेवार पाटो बन्यो उनले भनिन् । कर्णाली प्रदेश सरकार, मन्त्रीपरिषद्को यही पौष-६ गतेको बैठकबाट खेलकुद परिषदमा उनी सहित ७ जना विभिन्न जिल्लाबाट सदस्य पदकालागि मनोनीत भए जसमा ७ जिल्लाहरुबाट कर्णाली प्रदेश खेलकुद बिकाश परिषदमा क्रमशः सदस्य–सचिव,विश्वमित्र सन्ज्याल(कालिकोट),उपाध्यक्ष,प्रमोद हमाल (सुर्खेत) ,सदस्य, हेमा खड्का (दैलेख) ,सदस्य,टक्क बहादुर शाही (हुम्ला) ,सदस्य,सरोज शाही (जुम्ला), सदस्य, भुमा कुमारी बुढाथोकी (सल्यान), सदस्य, मोहनराज घर्ती (जाजरकोट) रहेका छन्। नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियुकि पुर्ब जिल्ला सहसचिबको समेत जिम्मेवारी पाईसकेकी छन्। अबको मिसन भनेको उनको हरेक पिछडिएका खेलाडीहरुलाई उकास्ने,स्पोर्ट्स हब कर्णाली ,स्पोर्ट्स लिडरसीप अनि स्पोर्ट्स टुरिजम तिर रहेको बताईन्। उनि खेलकुद, राजनिती लगायत विभिन्न दर्जनौं सामाजिक संघ सस्थाहरुमा सकृय समेत रदै आएकि छन्। उनलाई खेलकुदमा बौद्धिक ब्यक्तित्वका रुपमा पनि चिनिन्छ । Like