खेलकुद ऋषिङगाँउपालिकाले २७ गते म्याराथन दौड आयोजना गर्ने December 25, 2020December 25, 2020 Nisha Pandey Share to: – अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ , ऋषिङगाँउपालिका -६को ऐतिहासिक एब्म् पर्यटकीय स्थल गढिकोटबाट सोही गाँउपालिका-६ ज्यामिरेमाई मन्दिर सम्म कुल १० किलोमिटरको लामो दुरीमा म्याराथन दौड आयोजना गरिएको छ। ऋषिङ समृद्धिको आधार ,कृषि ,संस्कृति ,पर्यटन र पुर्वाधार भन्ने मुलनारा बोकेको ऋषिङको पर्यटन विकासकालागि प्रथम म्याराथन आयोजना पौष-२७ गते गरिने भएको हो। कुल४० किलोमिटर खुला दौड प्रतियोगिता विहान ८ वजे देखि संचालन गरिनेछ। उक्त कार्यक्रममा ३ खेलहरु समावेस गरिने छन।खुल्ला तर्फ ६५ हजार र दितृय रु ४० हजार र तृतीयमा रु२५ हजार रुपैयाँ र सान्त्वना ३ जनालाई १० हजार नगद र ट्रफि ,मेडल र प्रमाणपत्र प्रदान गरिने ऋषिङ गाँउपालिकाका अध्यक्ष राजेन्द्रकृण्ण श्रेष्ठ ले जानकारी दिए। ऋषिङगाँउपालिकामा रहेको ऋषिङे राजाको दरबार रहेको गडीडाँडाँबाट शुरु हुने प्रतियोगिता ऋषिङे रानीको नुहाउने पोखरी,हतियार भण्डारण गर्ने कोटको काख हुँदै सानो भिरकोट कोट हुँदै वडा १ -३ दुबुङ भ्युटावर सम्म पुगि टुङ्गिने गाँउपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए। यस्तै महिला तर्फ१० हजार ,८ हजार र ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ। उक्त कार्यक्रममा गढिकोतमा निर्माण गर्न लागिएको र गढि भ्युटावरको सिल्यान्यास गरिनेछ। सोही स्थानमा हालै निर्मित दुबुङ भ्युटावरको उदघाटन समेत गरिने भएको छ। जिल्ला समन्वय समितिको सभा कक्ष जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले Like