नुवाकोटको प्रसिद्ध दरवार नघुमी मनै मान्दैन

Share to:
[नुवाकोटको प्रसिद्ध दरवार ]

[:पृथ्वीनारायण शाहले निर्माण गरेको नुवाकोट ९ तले दरबार र भिमसेन थापाको पालामा निर्माण भएको ११ तलाको धरहरा, त्यो पनि भूकम्पले भत्किएर नुवाकोट दरबार ७ तला झरेको छ भने धरहरा पुनर्निर्माण जारी छ ।]

अहिलेसम्म विश्वकै अग्लो टावर युनाइटेड अरब इमिरेट्स (यूएई) दुबईस्थित बुर्ज खलिफा निर्माण भएको छ । जुन टावरको उचाइ ८२९.८ मिटर हो । विश्वको सबैभन्दा अग्लो कंक्रिट ब्रिज टावर चीनमा निर्माण भएको छ । जसको लम्बाइ २ किलोमिटर रहेको छ । दक्षिण–पश्चिम चीनको गियाझोऊ प्रान्तको पिंगटांग र लुओडियान पहाडलाई जोड्न संसारकै अग्लो पुल निर्माण गरिएको छ ।पछिल्लो समय नेपालमा धार्मिकस्थलसमेत सबैभन्दा अग्लो निर्माण गर्ने होडबाजी चलेको छ । अग्लो शिवमूर्ति, अग्लो त्रिशुल, ठूलो घण्टमात्र होइन, मन्दिरसमेत तीर्थयात्रीलाई आकर्षण गर्न सबैभन्दा अग्लो निर्माण हुन थालेका छन् ।अर्घा र खा“ची संयोजनबाट नामाकरण भएको अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–७ बाईगाउँमा तीर्थाटनका लागि १३ तले १ सय २५ फिट अग्लो आकाश देवी मन्दिर निर्माण भएको छ । यो मन्दिर स्थानीय हिरामणि न्यौपानेले आफ्नै लगानीमा निर्माण भएको हो ।आकाश देवी मन्दिर अहिलेसम्म नेपालमा निर्माण भएका मन्दिरमा अग्लो मानिन्छ । मन्दिर सन्धिखर्क–तम्घास सडकखण्डमा पर्ने बाईगाउँको ताराखसेमा निर्माण भएको छ । प्यागोडा शैलीको मन्दिर तल फराकिलो र माथि साँघुरिँदै गएर १३ तलामा पूर्ण भएको छ । बाईगाउँको ताराखसेमा ‘आकाशबाट तारा खसेर पोखरी निर्माण भएको’ विश्वास छ ।आकाश देवीको मन्दिर निर्माण हुनुअघि बाईगाउँमा बासको गाँजमा आकाश देवीको नाममा पुजाआजा हुन्थ्यो । मन्दिर परिसरमा तारा खस्दा बनेको पोखरी, दुर्गा, शिव र गणेश मन्दिर थिए । अहिले मन्दिर निर्माण कर्ता हिरामणि न्यौपानेलाई सानै उमेरमा उनलाई मन्दिर निर्माण गर्ने सोच भयो । उनले बाह्र बर्षको उमेरमै गाउँ छाडे । तर, मन्दिर बनाउने सोचले भने उनलाई छाडेन । गाउँ छाडेको पन्घ्र वर्षपछि उनी गाउँ पुगे । त्यो बेलासम्म उनले मन्दिर निर्माण गर्ने रकम जोहोसमेत गरेका थिए ।अहिले आकाश देवीको तेह्रतले अग्लो मन्दिर निर्माण अन्तिम चरणमा छ । मन्दिर तयार भएपछि उनको प्रमुख उद्देश्य तीर्थाटन प्रवद्र्धन हो ।अर्कोतर्फ उनकै शब्दमा हिन्दूधर्मबाट बिचलन भएकालाई फर्काउनु हो । तीर्थाटन पर्यटकबाट जम्मा भएको रकमले गाउँमा रहेका असहाय ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सहयोग गर्ने र बेरोजगारलाई आर्थिक सहयोग गरी गाउँमै स्वरोजगार सिर्जना गर्नु हो । तर, रोजगारीका लागि मन्दिरबाट लिएको रकम भने आयआर्जन भएपछि फिर्ता गर्नुपर्ने छ ।
छत्रदेव मन्दिर, माझकोट, अर्घातोष र बिसौनाबीच आकाश देवीको तेह्र तले अग्लो मन्दिर निर्माणले अर्घाखाँची घुमफिर गर्न जाने ग्रामीण पर्यटक बाईगाउँ पुग्न थालेका छन् । मन्दिर परिसरबाट अर्घाखा“चीको धेरै रमणीय ग्रामीण क्षेत्रको भूगोल पर्यटकले अवलोकन गर्न सक्दछन् ।बाईगाउँका मानिसलाई तेह्र तले मन्दिरको बारेमा जानकारी दिन भ्याइनभ्याई हुन्छ । तीर्थाटन पर्यटनका लागि आजभोलि आकाश देवी गन्तव्य बनेको छ । मन्दिरले पर्यटकलाई घुमफिर गर्दा आस्था र विश्वास जगाइदिएको छ । ग्रामीण पर्यटकले गाउँघरमा पुग्दा मन शान्त राख्न पाएका छन् । मन्दिरमा देवीदेवताको दर्शन गर्नाले घुमफिर समय थप ऊर्जा हुने पर्यटकमा विश्वास छ ।
विशेषगरी, ग्रामीण पर्यटक बाईगाउँ ताराखसेमा जनै पूर्णिमा, कृष्ण जन्माष्टमी, हरितालिका तीज, दसैं, फागु पूर्णिमा, शिवरात्री र रामनवमीका समय तीर्थाटनका लागि पुग्ने गर्थे भने कृष्ण जन्माष्टमीमा रथ यात्रा र दसैं द्वादशीको दिन सराय नाचमा ग्रामीण पर्यटकको भिड नै हुने गर्थे । तर, अहिले सडक यातायात र तेह्र तले आकाश देवी मन्दिर निर्माणले आकर्षण बढेको छ ।अर्घाखाँचीका मात्र नभएर बुटवल भैरहवा दाङ र अन्य जिल्ला बाटसमेत ग्रामीण पर्यटक मन्दिर पुग्छन् । विगतमा तीर्थाटन पुण्य आर्जनमै सीमित थियो । उनीहरू जुन मठ मन्दिरमा पुग्थे, त्यहीँबाट फर्कन्थे । तर, अहिले समय बदलिएको छ । घुमफिर संस्कृति विकास भएको छ । तीर्थाटन पर्यटनको महत्व बढदै आएको छ । तीर्थाटनसँगै नयाँ गाउँठाउँ र भूगोलको घुमफिरमा ग्रामीण पर्यटक रमाउने गर्दछन् । सेनाले ३४ जनालाई एउटै डोरीमा बाँधेर हिँडाएको कथा पनि ताजै छ।
अहिले प्रत्येक गाउँमा कुनै न कुनै मठ मन्दिर रहेका छन् । ग्रामीण क्षेत्रमा तीर्थाटन पर्यटनले धेरै ठाउँमा आर्थिक विकास भएको छ । पर्यटन विकासले गाउँघरमा रोजगारी सिर्जना र आर्थिक क्रियाकलाप बढ्न थालेको छ । दूरदराजका गाउँमा रहेका मूर्त र अमूर्त साँस्कृतिक सम्पदा संरक्षण हुन थालेको छ ।
तीर्थाटन पर्यटन इतिहास लामो छ । नेपालमा मठमन्दिरको विकास लिच्छविकालदेखि सुरुवात भएको मानिन्छ । तीर्थाटन पर्यटन अर्थात् तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिएको छ । नेपालको सबैभन्दा पुरानो मन्दिर स्वयम्भूनाथ मन्दिर हो ।
नेपालको सबैभन्दा पुरानो मूर्ति विरुपाक्षको हो । यो मूर्ति पशुपति आर्यघाटमा छ । वास्तुशैली एवं कला दृष्टिले नेपालका मन्दिरलाई प्यागोडा, शिखर र मिश्रित शैलीमा निर्माण भएका छन् ।युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्म अभ्यास गर्छन् र उनीहरू नै तीर्थाटन पर्यटनका मुख्य आधार पनि हुन् । ग्रामीण पर्यटक खासगरी तीर्थाटन, संस्कृति, प्रकृति र परम्परा अध्ययनमा रुचि देखाउन थालेको छ । जुन कारण ग्रामीण विकासका लागि ग्रामीण पर्यटनको महत्व बढेर गएको छ ।
तेह्र तले आकास मन्दिरमा जाँदा बल्कोट पौवा पुगेन भने घुमफिर अधुरो हुन्छ । बल्कोट पौवा श्री ३ जंगबहादुर राणाको न्वरान भएको स्थान हो ।जंगबहादुरका बाबु बालनरसिंह कुँवर अहिलेको दैलेख अर्थात् त्यसबेला जुम्लामा जागिरे थिए । बालनरसिंह कुँवर नेपाली सेनाका काजी थिए । उनले राजा रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहको हत्या दरबारमै गरेका थिए । उनी जनरल सरदार रामकृष्ण कुँँवरका नाति हुन् । बालनरसिंह कुँवरले श्रीमती गणेशकुमारी गर्भवती भएको अवस्थामा उनको माइती गोरखा पठाएका रहेछन ।दैलेखबाट उनी अर्घाखाँची मथुरा आइपुग्दा प्रसव पीडामा परिछन् । जंगबहादुरको जन्म ७ असार १८७४ मा मथुराबेसी पौवाभन्दा लगभग दुइ किलोमिटर दूरीमा केरुङा र वाङला सिमाना नजिकमा पर्ने लामपाटी जंगलमा भएको थियो । जंगबहादुर गणेशकुमारीको गर्भबाट ७ महिनामा जन्मिएका हुन् । त्यसबेला लामपाटीमा घनाघोर जंगल थियो । जगंलमा बालकको जन्म भएपछि स्थानीय पाण्डे थरका कृषकले उनको स्याहारसुसार गरेका र पछि बल्कोट पौवा रहेको स्थानमा लगेर सुत्केरी गणेशकुमारी र बालकलाई राखेका थिए ।११ दिन पुगेपछि खनाल थरका ब्राह्मणहरूले न्वरान गराएर बालकको नाम वीरनरसिंह राखे । न्वरानपछि सुत्केरी स्वस्थ्यकर भएपछि जगंबहादुरकी आमा गणेशकुमारी माइती गोरखा गएकी थिइन् । पछि वीरनर सिंह जंगे स्वभावको भएकोले उनको नाम जंगबहादुर रहेको हो ।
जंगबहादुर राणा प्रधानमन्त्री बनेपछि जेठान शहन सिंह कर्नेललाई अर्घाखा“चीको मथुराबेसीमा पठाइ आमा गणेशकुमारीको सम्झनामा बीसखुट्टे दरबार अर्थात् बल्कोटमा पौवा निर्माण गर्न लगाएका हुन् । पौवाका संरचना ऐतिहासिक हिसाबले निकै महत्वपूर्ण मानिन्छ । पौवा परिसरमा ठूलो पौवा, पुजारी घर, शिवालय, भैरव र नाग कन्या मूर्तिसहित संरचना रहेका छन । जुन निकै कलात्मक भएका कारण त्यहा पुग्ने पर्यटकको ध्यान खिच्ने गर्दछ । बल्कोट पौवा १९०४ सालमा निर्माण सुरु भएर १० वर्ष लगाएर पौवा र मन्दिर निर्माण गरिएको थियो ।पौवा विषयमा राजा श्री ५ सुरेन्द्र शाहको पालामा चारवटा लाल मोहर लागेका थियो । जंगबहादुरले आफू जन्मिएको लामपाटीमा पौवा तथा बगैंचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माण गरेका थिए । विचित्रको पौवा र मन्दिर निर्माण गरिसके पछि सञ्चालनको लागि सयाै रोपनी जमिन गुठीमा समेत रहेको छ ।अहिले गोरुसिङगे मात्र नभएर गुल्मी, सालझुण्डि, पाल्पा तीनघरे, प्युठान, गुल्मी र अर्घाखाँची सीमाना सौतामारे भएर पनि अर्घाखाँची प्रवेश गर्न सकिन्छ ।

स्रोत; लेखक: केवि मसाल : स्वतन्त्र पत्रकार सघ नेपालका अध्यक्ष हुनुहुन्छ ।
Like