आफनै १३ बर्षिया छोरीको बाबुबाट बलात्कार


आफनै १३ वर्षीय छोरीलाई बारम्बार बलात्कार गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिकाका- ८ दिपुटोलका ३७ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी अनुसन्धान थालेको हो ।
गोप्य सुचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदययपुरका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । पीडीत बालिकालाई जिल्ला अस्पताल गाईघाटमा स्वास्थ्य जाँच गराइएको छ।
Like