पशुपति अन्नपुर्णा आश्रमको सचिवालय बैठक सम्पन्न

Share to:

रासंसा/मार्ग २६/काठमाडौं, पशुपती अन्नपुर्णा आश्रमको उच्छ स्तरिय सचिवालय बैठक आज सम्पन्न भएको छ । आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्यको अध्यक्षतामा बसेको बैठकले आश्रमको सचिवालय समितिमा अध्यक्ष केन्द्रिय प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्य र अन्य सदस्यहरुमा केन्द्रिय संरक्षक प्रा. डा. ई. पदमलाल महर्जन, प्रा. डा. लवप्रसाद त्रिपाठि, राष्ट्रिय समिती सभापती शेर सिङ भन्डारी र सदस्री सचिबमा केन्द्रिय अध्यक्ष के बि सम्राट रहेको ५ सदस्यीय उच्च स्तरिय सचिवालयय समिती गठन भएको छ । गठनपश्चात् समितिले सचिवालय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नम्बर १ दरबारमार्ग स्थित सचिवालय सदस्य प्रा. डा. ई. पदमलाल महर्जनको निजि निवासमा रहने ब्यवस्था गरेको छ । यस्तै संस्थाको केन्द्रीय कार्यालय अर्को ब्यवस्था नहुन्जेल सम्म कलन्किमा रहने र राष्ट्रिय समितिको कार्यालय राष्ट्रिय समितिका सभापति शेर सिंह भण्डारीको निजि निवास बनस्थली बोहोरेटारमा रहने पारित गरेको छ । समितिले विधान अनुसार विस्तार हुने समितिमा सभापती हुने ब्यक्ती अहिम्सावादी, सनातनी, सबै धर्मलाई सम्मान गर्ने आफैमा सवारिसाधन निहित भएको, वार्षिक आश्रमलाई ५ लाखसम्म दान गर्न सक्ने, उद्योगपति, व्यापारी पोशाक नम्बर १, २, ३ लगाउन मन पराउने, आफनै घरमा कार्यालय खोल्न सक्ने कार्यालयको खर्च ब्यहोर्न सक्ने सक्षम ब्यक्तिलाई सभापतिमा प्रस्ताव गर्ने निर्णाय भएको छ । यसरी नै समितिले काठमाण्डौ जिल्ला समन्वय समितिको सभापतिमा थिर भक्त श्रेष्ठ र काठमाण्डौ महानगर सभापतिमा भेषराज वन्तलाई मनोनित गर्ने भनी सर्वसम्मत पारित गरिएको छ । यसरी नै सचिवालय बैठकले संस्थाका सम्पुर्ण पदाधिकारीको कार्यालय पोशाक नम्बर १ सेतो दौरा सुरुवाल, ग्रे कोट, कालो कोट, कालो छालाको जुता, सेतो मोजा, कालो टोपी, कालो र रातो पाइलट पेन, पुरुष पदाधिकारीमा हुने छ भने महिला पदाधिकारीका लागि ग्रे कोट, सचिवालयले तोकेबमोजिमको सारी चोलिया हुने छ । समितिले पोशाक नम्बर २ दौरा सुरुवाल, कोट टोपी, जुता हुने छ भने पोशाक नम्बर ३ मा सेतो सर्ट, निलो सुट, कालो जुता रातो टाई हुने छ । यस्तै समितिले राष्ट्रिय समिती प्रदेश नम्बर २ मा संरक्षक पदमा २ नम्बर प्रदेश प्रेस समितिका प्रमुख भोगेन्द्र लाल कर्ण र बागमती प्रदेश संरक्षक पदमा भेषराज वन्तलाई मनोनित गर्ने निर्णय गरेको छ । समितिले पशुपती अन्नपुर्णा आश्रमको निम्न्त्रणामा भारतका शंकराचार्य स्वामी ब्रम्हनन्द सरस्वती जी महाराज आगामी माघ ५ गते नेपाल भ्रमणमा आउने निश्चित भएसङगै समितिले मुल समारोह समिती गठन गरेको छ । मुल समारोह समितिमा केन्द्रिय संरक्षक प्रा. डा. लबप्रसाद त्रिपाठिको सन्योजकत्वमा विभिन्न समिती गठन गरि सचिवालय समितिलाई जानकारी दिने निर्णय निर्णित गरिएको छ ।

Like