पुल उद्घाटन गरेरै छाड्छौ – वरिष्ठ नेता पौडेल

-१७ गते बुधबार मंसिर
नेपाली काग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले बुल्दि खोलाको ४५.६ मिटरको मोटरेवल पुल उद्घाटन गरेरै छाड्ने वताएका छन्।
बुधवार करिव ३ घण्टाको प्रहरी नियन्त्रण पछि बुधबार साँझ रिहा भएका वरिष्ठ नेता पौडेले ब्यास-३ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा आफ्ना कार्यकर्ता माझ संम्वोधनका क्रममा वोल्दै वर्तमान सरकार अलोकतान्त्रिक,अराजक र तानाशाही प्रवृत्तिले अधि वडेको भन्दै आफू प्रति गरिएको प्रहरी दमन र हस्तक्षेपको धोर भर्सना गरे। वरिष्ठ नेता पौडेल भन्छन् देशमा विध्यमान भ्रष्टाचार ,नातावाद,कृर्पाबाद, अराजकता, र मनोमानी तरिका देखिनुले लोकतान्त्रिक मूल्य र मान्यताको घोर अपमान भएको भन्दै बर्तमान सरकार अदिनायकवादी शैलीले अधि बडेको आरोप लगाए।कोखमा लाठीले पेलेर बोल्न धेरै सकेको छैन-वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन मलाई धोर अपमान गरियो यस्ता धृणित काम सरकारले बन्द गरिनुपर्छ ,हामी पुल उद्घाटन गरेरै छाड्छौ वरिष्ठ नेता पौडेलले भने। ।
रिसपङ-१ झापुटारको एक कार्यक्रमलाई सम्बोधन सके लगतै बुल्दी खोलाको पुल उद्घाटन गर्न आएका बरिस्ठ नेता पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाको कमाण्डमा खटिएको नेपाल प्रहरी , सस्त्र प्रहरीहरुको ठुलो समुहले चर्का नारावाजी गर्दै आएका नेपाली कांग्रेसका समुहमाथि निषेधित क्षेत्र अबज्ञा गरेको भन्दै अन्दाधुन्द असुल ग्यास प्रहार गरि लाठीचार्ज गरि भिडलाई तितरबितर पारेको थियोे । भिडलाई नियन्त्रणमा लिने क्रममा नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मी आचार्य अन दि स्पोट प्रहरीको लाठीचार्जबाट टाउको लाग्दा गम्भीर घाइते भै बेहोस हुन पुगे, गम्भीर घाइते भै बेहोस भएका उनलाई दमौली स्थित रतनहरि मेमोरियल अस्पतालमा उपचारका लागि लगियो भने , प्रहरीले कांग्रेसको र्यालीलाई रोक्न खोख्दा दुई राउन्ड अश्रुग्यास र लाठीचार्जलाई निरन्तरता दिने क्रममा आधा दर्जन काँग्रेसी नेताहरू घाइते भए।
घाइते हुने नेताहरुमा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी, क्षेत्र न.२ का क्षेत्रीय सभापति राजेन्द्रकृण्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि पवित्रा पौडेल र ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सुर्यचन्द्र हड्खले रहेका छन्। आचार्य र पोख्रेललाई टाउकोमा चोट लागेको छ भने ट्रेडयुनियनका अध्यक्ष हड्खलेको लाठीचार्ज हुदाँ औंला भाँचिएको छ। घाइतेहरुलाई रत्नहरि मेमोरियल अस्पतालमा भर्ना गरिएको छ भने उनीहरुको अवस्था सामान्य नै रहेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए।
यता वरिष्ठ नेता पौडेल भने नेपाल प्रहरी ,सस्त्र प्रहरी हरुले कयौंपटक रोक्ने प्रयास गर्दा पनि काँग्रेस को बाक्लो भिड्काकारण ब्यास- १ अम्रेनी सगै रहेको पेट्रोलपम्प नजिकैको निषेधित नाका तोड्न उनी सफल भए । रिसिङ गाँउपालिका स्थित झापुटारको एक कार्यक्रमलाई सम्बोधन गरि पैदल विशाल जुलुसका साथ पुल उद्घाटन गर्न आएका पौडेल पृथ्वीराजमार्ग स्थित ब्यास-१तालधरे देखि उतर पुर्वमा पर्ने डिहिगाँउ व्यास नगरपालिका वडा नं १, १० र ११ जोड्ने तालघरेको४५.६ मिटरको बुल्दी खोलाको पुल उद्घाटन गर्न जाने क्रममा प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाको कमाण्डमा खटिएको प्रहरीटोलीले वरिष्ठ नेता पौडेल र उनका समूहलाई नियन्त्रणमा लिन सफल भयो भने नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले लगाएत अन्य १२ जनालाई जिल्ला प्रहरी कार्यालय दमौलीको नियन्त्रणमा ३ घण्टाको नियन्त्रण पश्चात् बरिस्ठ नेता पौडेललगाएत १२ अन्य कार्यकर्ता रिहा भए ।
वरिष्ठ नेता पौडेलले यस अधि तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं २ अन्तर्गतको ऋषिङ गाउँपालिका जोड्ने सोडे स्थित सेती नदीमाथिको १०५ मिटरको पक्की मोटरेवल पुल उद्घाटन गरेका थिए।
नेपाली कांग्रेस पार्टी जिल्ला कार्य समिति तनहुँले एक विज्ञप्ति जारी गर्दै उक्त घटना प्रति गहिरो दुख ब्यक्त गर्दै घाइतेहरुको सिग्र स्वास्थ्य लाभको कामना गरेको छ। विज्ञप्तिमा सो पुललाई उद्घाटन गर्न विहिबार ११ वजे पार्टी कार्यालय ब्यास-३ दमौलीमा सवै भातृ संगठनहरुलाई उपस्थित हुन आग्रह गरेको छ।