आधुनिक गीत रीत सार्वजनिक
आधुनि नव चर्चित गायक प्रदिप दासको आवाजमा रहेको नयाँ आधुनिक गीत “रीत” सार्वजनिक भएको छ । गाउले परिवेशमा तयार पारिएको म्युजिक भिडियोलाई दर्शक श्रोताले शब्द,संगीत र अभिनय सवै उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।तनहुँ जिल्लाकै पहिलो चर्चित र सर्वाधिक विक्रीहुने तनहुँ तरङ्ग साप्ताहिक पत्रिका मिडिया पाटनर भएको उक्त आधुुनिक गीत रीत सार्वजनिक भएको केहि समयमै भिडियोलाई २९ हजार बढी दर्शकहरूले मनपराएर हेरेका थिए। उक्त म्युजिक भिडियोमा दलबहादुर थापा,सिर्जना आले,काल भुजेल र विष्णु मास्कि मगरले अभिनय गरेका छन्न भने,देवेन्द्र पाण्डेको निर्देशनमा निमार्ण भएको म्युजिक भिडियोमा शब्द बिमल जिसी भुजेल कान्छुको र संगीत राजकुमार बगरको रहेको छ भने म्युजिक एरेन्ज डोलराज बाह्रघरे मगरले गरेका छन् ।
सच्चा प्रेम सम्बन्धमा पैसा र धन सम्पत्तिले पार्ने नकारात्मक प्रभावलाई गीतमार्फत दर्शाउन खोजिएको छ ।हाम्रै समाजमा भए/गरेका श्रीमान्-श्रीमतीबीचको सम्बन्धलाई गीतले उजागर गरेको छ ।
उक्त गीत त्रिवेणी डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड भएको छ । विपिन क्षेत्रीद्धारा छायांकन भएको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
हरिबोधनी एकादशीको अवसर पारेर सिड इन्टरट्रेन्मेन्ट युट्युब च्यानल मार्फत बुधबार म्युजिक भिडियो सार्वजनिक भएको हो ।
Like