पशुपति अन्नपुर्णा आश्रमको गण्डकी प्रदेश धार्मिक समिति संरक्षकमा शांतिस्वरुपनन्द दामोदर बाबा

Share to:

रासंसा/ अन्जन राज न्यौपाने , तनहुँ,

पशुपति अन्नपूर्णाआश्रमका केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष के बि सम्राटको समुपस्थितिमा आश्रमकी केन्द्रीय सदस्य एव धार्मिक समिती संरक्षक माता भद्रकाली, आश्रमका गण्डकी प्रदेश धार्मिक समिती संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबा, प्रदेश सल्लाहकार गोविन्द बाबा, गण्डकी प्रदेश धार्मिक समिती संरक्षक शान्ती माता, गण्डकी प्रदेश प्रेस समिती प्रमुख एवं स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव अन्जनराज न्यौपाने, पशुपति अन्नपूर्णाआश्रम इलाम जिल्ला युवा समिती संयोजक दुर्गा प्रसाद गर्तौला तथा अन्य सदस्यहरुलाई आश्रमको लोगो अन्कित ब्याच लगाई दिई हार्दिक बधाई तथा शुभकामना दिदै आश्रमको गतिविधिहरु प्रकट गर्नुभयो ।

केन्द्रिय अध्यक्ष के. बि. सम्राटले विभिन्न समितिका संरक्षक तथा सल्लाहकार एवं पदाधिकारीहरुलाई आश्रमको लोगो लगाएर स्वागत तथा मनोनित गर्न पौड खुशी लागेको बताउनुभयो । प्रदेश धार्मिक समिति संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाले अन्नपुर्णा आश्रमका गतिविधिले भोलिका दिनहरु मानव जातिलाई शान्तिको अनुभूति ल्याउने बताउनुभयो ।

सल्लाहकार गोविन्द बाबाले आश्रमले गरेका क्रियाकलापहरुको प्रसंसा गर्दै आश्रम प्रदेश धार्मिक समितिको सल्लाहकारमा मनोनित गरेकोमा खुशी ब्यक्त गर्नुभयो । प्रदेश प्रेस समिति प्रमुख एवं स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव अन्जन राज न्यौपाने ले गण्डकी प्रदेश समितिको प्रमुखको जिम्मेवारी दिएकोमा आश्रमका केन्द्रिय समितिलाई धन्यवाद भावी दिनहरुमा प्रदेश प्रेस समितिले गर्नुपर्ने सबै जिम्मेवार बहन गर्ने बताउनुभयो ।

Like