स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ शाखाको शुभकामना आदानप्रदान सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ शाखाको महत्वपूर्ण चाड विजया दशमी, शुभ दीपावली, शुभ छैठं, भिन्तुना एवं नेपाल सम्वत ११४१ को पावन अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सभापती शाखा अध्यक्ष महेश जङ्ग कुन्वरले गर्नुभएको सो कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष के बि सम्राटको प्रमुख अतिथिको आतिथ्यता थियो । कार्यक्रममा भक्तपुर शाखा अध्यक्ष एवं योगाचार्य डा इन्दुल केसि, ललितपुर जिल्ला अध्य्क्ष बद्री बहादुर दुलाल लगायत स्वतन्त्र पत्रकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा विशेष अतिथी माता भद्रकाली आध्यात्मिक सोच र विचार नै सकारात्मक हुने वताउनु भयो भने भक्तपुर जिल्ला अध्यक्ष डा. इन्दुल केसिले हाम्रा महत्वपूर्ण पर्वहरु विश्वमै नभएको र यसको संरक्षण र सम्वर्दन गर्ने जिम्मेवारी हामीमा आएको बताउदै यश वर्षको यस्ता महत्त्वपूर्ण चाड पर्वहरु विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको मापदण्ड अपनाएर मनाउन आग्रह गर्नुभयो । ललितपुर जिल्ला अध्यक्ष बद्री बहादुर दुलालले यश पर्वको उपलक्ष्यमा सबै मानव जातिमा यो कोरोना भाइरसले सताएको छ यसको ख्याल गरि चाड पर्व मनाउन आग्रह गर्दै शुभकामना दिनुभएको थियोे । प्रमुख अतिथिको आसनबाट स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष के बि सम्राटले महत्वपूर्ण चाडपर्वहरुको पावन अवसरमा समस्त मानव जातिमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु, एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिदै स्वतन्त्र पत्रकार संघको गतिविधि तथा संघबारे प्रस्ट्याउदै सकारात्मक सोच, भावना र कर्म गरे भगवानके पनि सकारात्मक फल दिने बताउनु भयो । प्रमुख अतिथी सम्राटले स्वतन्त्र पत्रकार संघ नेपाल निकट भविस्यमा महासंघ हुने बताउनुभयो ।

कार्यक्रमका सभापति काठमाण्डौ जिल्ला अध्यक्ष एवं उपत्यका संयोजक महेश जंग कुन्वरले शाखाको शुभकामना आदानप्रदान कार्यक्रम दशै अगाडी नै हुने थियो तर कोभिड १९ कोरोना भाइरसका कारण नभएको बताउदै पशुपति अन्नपुर्णा आश्रमको प्रेस समिती उपत्यकाका तिनै जिल्ला स्वतन्त्र पत्रकार जिल्ला समिती भएको हुनाले आज यो सुअवसर मिल्यो र कार्यक्रम तय गरेको बताउनुभयो । उपास्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम गर्न हल उपलब्ध गराउने होटेल कैलाशकुटिलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । कार्यक्रममा संघकि राष्ट्रिय सहकोषाध्यक्ष साईकल यात्री लक्ष्मी श्रेष्ठ, बागमती प्रदेश सदस्य एव लेखक वसन्त राज घिमिरे, ललितपुर जिल्ला सचिव उपेश नौवाग लगायत उपत्यकाका स्वतन्त्र पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम संघका काठमाण्डौ जिल्ला सचिव प्रताप राना मगरले अति सौहार्द वातावरणमा सभ्य र भव्य रुपमा सन्चालन गर्नु भएको थियो ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *