पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राट अम्ल्श्वोर गुरुकुलमा
रासंसा/धादिंग, कार्तिक १६, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राट अम्ल्श्वोर गुरुकुल संस्कृत वेद विद्द्याश्रम्मा अवलोकन तथा निरिक्शिण गर्नुभयो । निरिक्शणको क्रममा सम्राटले गत वर्ष २०७६ साल श्रावण ५ गते आइतबार पशुपति अन्नपुर्णा आश्रमका ततकालिन केन्द्रिय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको फोटोहरु कार्यालयमा सजाएर राखेको देखेपछि संचालक समितिका अध्यक्ष शरिफ नारायण रिमाल तथा गुरुकुल शिक्षकसँग बसेर फोटो खिच्ने मन पोख्नुभयो र फोटो खिचेर यस्ता फोटोहरुले पहिलाका कुराहरुको स्मरण गर्ने मौका हुनेहुँदा फोटो राखिएकोमा खुशी ब्यक्त गर्नुभयो ।
अध्यक्ष सम्राटले गुरुकुलका सबै किसिमका विद्यार्थी तथा शिक्षक एवं कर्मचारीहरुलाई बाहिर ग एर आउदा कोरोरना संगै आउने सम्भावना भएकोले यसमा ख्याल गर्नुपर्ने बताउनुभयो । गुरुकुललाई आवश्यक सामाग्रीहरु पशुपति अन्नपुर्णा आश्रमले पनि सहज बनाइदिने र आगामी जाडोको कपडा तथा खाद्यान्न सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताउनुभयो । गुरुकुल तथा मठ मन्दिर अवलोकन तथा निरिख्शण गर्ने क्रमका पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रिय सदस्य एवं धार्मिक समिति संरक्षक माता भद्रकालीले सकारात्मक सोच भावना र कर्म गरे सकारात्मक प्रतिफल निस्कने कुराहरु सिकाउन अनुरोध गर्नुभयो ।