जघन्य अपराधी राष्ट्रका ठुला सत्रु हुन्, यिनीहरुलाई जरैदेखि उखाल्नु पर्दछ ।
अन्जनराज न्यौपाने / तनहुँ आषाढ ११ ,
गण्डकी प्रदेश तनहुँ जिल्ला प्रहरी कार्यालयमा सरुवा भै आएका प्रहरी उपरीक्षक अरुण पौडेलले पत्रकार भेटघाट कार्यक्रममा जघन्य अपराधी रास्ट्रका ठुला सत्रु हुन् भन्दै यिनीहरुलाई जरैदेखि उखल्नु हामी सबैको कर्तब्य हो बताउनु भएको छ । जिल्लामा हुनेगरेका विभिन्न जगन्य अपराधका घटनाहरु न्युनिकरण गराउन आफू सदैव प्रतिबद्ध रहेको बताउदै पौडेलले समाजमा भएगरेका हिंसा, आतंककारी गतिविधिका घटना बलात्कार, लुटपाट र चोरीपैठारी तथा लागू औषध ओसारपसार गर्ने गराउने गिरोहहरुलाई तुरुन्तै पहिचान गरि कानुन बमोजिमको कार्वाही गराउन आफू कठिबद्द रहेको बताउनुभयो ।
विभिन्न जघन्य अपराधमा संलग्न रहि लामो समयदेखि फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरि कार्वाहीको दायरा भित्र ल्याउन आफू हर्दम तयार रहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिदै टोल – टोलमा गरिने घरेलु मदिरा बिक्रीवितरण नियन्त्रण, प्रतिबन्धित विप्लव समूह बिरुद्धको कारवाहीमा केन्द्र र जिल्ला स्तरका नेताहरुको खोजी कार्य गरिने बताउनुभयो । यस्तै काठ तस्करी नियन्त्रण, हातहतियार तथा खरखजाना, समूदाय प्रहरी साझेदारी कार्यक्रम, होटलमा गराईने यौनजन्य अपराध रोकथाम जुवा तास खेलाउने र खेल्ने उपर यथा सक्दो कार्वाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्दता जनाउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रमका क्रममा कोरोना भाइरसको महामारीमा विश्वमानै संक्रमण र सन्त्रासको भयावह स्थिति सिर्जना गरेको समाचार संप्रेषण गर्न गराउन विभिन्न संचार माध्येमहरुलाई अपिल गर्दै प्रहरी उपरीक्षक पौडेलले प्रहरीको साथी म अभियान, हात धुने कार्यक्रम, कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम, जिल्ला प्रहरी कार्यलय भित्रै सेनिटाइजर बुथको व्यवस्थापन, करेन्टाईनमा सुरक्षा ब्यबस्थापन, लकडाउन उलङघन गर्नेलाई कार्वाही लगायतका महत्वपूर्ण कार्यसम्पादन गरिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, प्रहरी निरीक्षकद्वय शिवराज क्षेत्रीय र सविता केसीले जिल्लाको शान्ति सुरक्षा र वर्तमान अवस्थाका विषयमा बोलेका थिए।