पशुपति अन्नपुर्णा आश्रम संस्थाको काभ्रे जिल्ला समिति गठन
काठमाण्डौं/आषाढ ९, पशुपति अन्नपूर्णा आश्रम संस्थाका कार्यवाहक अध्यक्ष प्रा. डा. लब प्रसाद त्रिपाठीको उपस्थितिमा संस्थाका राष्ट्रिय समितिका अध्यक्ष के. बि. सम्राटको अह्द्यकतामा बसेको बैठकले काभ्रेपलाचोक जिल्ला समिति गठन गरेको छ . समितिमा जिल्ला प्रमुख रमेश कुमार सेढाई, उपप्रमुखमा करुणा मैनाली, सचिवमा मित्रराज सेढाई, कोषाध्यक्षमा निरन्जन कुमार पन्त छन् . यसै गरि सदस्यहरुमा नारायण कृष्ण त्रिपाठी, कमल राज त्रिपाठी र बालकृष्ण श्रेष्ठ छन् . गठन भएका सबै पदाधिकारीहरुलाई संस्थाका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश बैद्दले हार्दिक बधाई शुभकामना ब्यक्त गर्नुभयो . संस्थाका कार्यवाहक अध्यक्ष प्रा. डा. लब प्रसाद त्रिपाठीले यस जिल्ला जस्तै मुलुकका सबै जिल्लाहरुमा संस्थाको जिल्ला समिति गठन हुने कुरामा विस्वास पोख्नु भयो . राष्ट्रिय अद्यक्ष एवं प्रवक्ता के. बि. सम्राटले मुलुकका सबै जिल्लामा प्राय समिति गठन हुने प्रक्रिया भैसकेको जानकारी गर्नुभएको थियो .