कास्कीमा तनहुँका प्रहरी प्रमुखहरु सरुवा
अन्जनराज न्यौपाने, तनहुँ आषाढ ८ गते
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएको छ। यसैगरी सोही कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेको पनि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा सरुवा भएका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिलवालले जिल्लाको शान्ति सुरक्षा पुर्ण मर्यादित एब्म् जिल्लावासीलाई भयरहित वातावरण सृर्जना गराई शान्ति सुरक्षामा अहोरात्र खटि कुशल प्रहरी प्रमुख भै आफ्नो जिम्मेवारी वहनगर्न सफल भए । विभिन्न समयमा जिल्लामा भए गरेका घटनाहरु हत्या, हिंसा, बलात्कार, आतंक, लुटपाट र चोरीपैठारी तथा लागू औषध ओसारपसार गर्ने गराउने गिरोहहरु, विभिन्न अपराधमा संलग्न रहि फरार रहेका अभियुक्तहरुलाई तुरुन्त नियन्त्रणमा लिएर कार्वाही गर्न प्रहरी प्रमुख सिलवाल सफल भए । उनको कार्यकालमा घरेलु मदिरा नियन्त्रण भयो, प्रतिबन्धित विप्लव समूह बिरुद्धको कारवाहीमा केन्द्र, जिल्ला स्तरका नेताहरु पक्राउ परे, अवैध हातहतियार तथा खरखजाना बरामद गरियो । उनले समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १ सय बढी बिद्यालयहरुमा सचेतना मुलक कार्यक्रमहरु गर्न सफल रहे। ट्राफिक कारवाहीबाट १ करोड २२ लाख ७५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रमुख सिलवालले जानकारी गराएका छन् । प्रहरीको मनोबल उच्च बनाउनको लागि निरन्तर प्रहरी परिसरमा ब्याडमिन्टन खेलकुदको ब्यबस्था, बिभिन्न स्कुलमा प्रहरी संगको कार्यक्रमहरु उनले गरे भने , बृक्षारोपण , सरसफाई कार्यक्रम, परोपकार उद्धार , प्रहरीहरुको बढुवाको कार्यक्रम, अनलाइन ठगि गर्ने ठूलो गिरोहलाई तनहुँमा रहेर उनले निस्तेज पार्न सफल भए ।
यसै गरि उनले कोरोना भाइरसको महामारीमा समेत सावधानीपूर्वक प्रहरीको स्वास्थ्यको ख्याल गर्दै अपराध अनुसन्धान एवं कानुन कार्यन्वयनमा निरन्तर आफनो कर्तब्यमा कर्मठ देखिए । उनको नेतृत्वमा, प्रहरीको साथी म अभियान, हात धुने कार्यक्रम, कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम, जिल्ला प्रहरी कार्यलय भित्रै सेनिटाइजर बुथको व्यवस्थापन, लकडाउन उलङघन गर्नेलाई कार्वाही लगायतका महत्वपूर्ण कार्यसम्पादन भएका छन ।
जिल्लामा प्रहरीको नेतृत्व सम्हाल्दै गर्दा विभिन्न समयमा पत्रकार सम्मेलन गर्दै प्रगति विवरण सार्वजनिक गर्ने कुशल प्रशासक उनि मानिन्छन्। उनको कार्यकालमा ईलाका प्रहरी कार्यलयहरु भानु, चंद्रावती, थर्पु आदि जिल्ला प्रहरी कार्यालय परीसर भित्र जुनियर प्रहरी र जवान ब्यारेक, मेस, हिरासत सुविधा सम्पन्न कक्ष निर्माण गरिको छ भने गण्डकी प्रदेश सरकारको सहयोगमा ईप्रका बंदिपुरमा प्रहरी चौकी निर्माण गरिनुका साथै जिल्लाका दक्षिण भेग घिरिङमा पनि इलाका प्रहरी चौकी स्थापना भए। प्रहरी प्रमुख सिलवालले सामुदायिक सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक अव्यवस्थाको व्यवस्थापन गराउन सक्षम हुदै अब्बल एसपीको छाप छोड्न सफल भए । तनहुँमा रहदा एसपी सिलवालले जिल्लाको शान्ति सुरक्षामा हरदम दत्तचित्त भएर रातदिन लागि नै रहे। तनहुँवासी भन्छन् सरल, स्पष्ट प्रखर बक्ता, हरेक पिडितहरुलाई न्याय दिलाउन सक्षम कुसल उपरीक्षक सिलवाल तनहुँको आफ्नो एक सफल कार्यकाल सकि्एपछि कास्की सरुवा भएसगै गत सोमबार उनलाई विदाई गरिएको थियोे । यसै गरि ट्राफिक प्रहरी प्रमुख तनहुँका प्रहरी नायब निरीक्षक पूर्ण बहादुर अधिकारी पनि जिल्ला ट्राफिक कार्यालय कास्की सरुवा भएका छन् ।