सहयोगी हातहरु र स्वतन्त्र पत्रकार संघलाई पूर्वसांसदको हार्दिकता व्यक्त

Share to:

हेम एण्ड माया फाउन्डेसनकी कोषाध्यक्ष जमुना राइले पत्रकारहरुलाई मात्र नभई विषम परिस्थितिमा अप्ठ्यारोमा पर्ने सबै किसिमका व्यक्तिहरुलाई आफूले सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।

पूर्व सांसद तथा संविधानसभा सदस्य पदम राईले कोरोना भाइरसको यस विषम परिस्थितिमा पनि पत्रकारहरु आफ्नो ज्यूज्यानको माया नगरी जनतालाई समाचारको माध्यमबाट सूसुचित गर्ने कार्यमा संलग्न रहेकोमा पत्रकारहरुलाई धन्यवाद दिनुभएको छ ।

साथै राम्रो र विश्वसनीय तवरले जोखिमता वीच समाचार सम्पादन र प्रशारण गर्दा जनताले सूचनाको हक प्राप्त गर्न सकेको र अप्ठ्यारोमा परेका पत्रकारहरुलाई सहयोग उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वतन्त्र पत्रकार संघ नेपालका क्रियाकलापहरुको समेत चर्चा गर्नुभयो ।

नेपाल शाकाहारी पार्टीका अध्यक्ष राधेश्याम खड्काले यस विषम परिस्थितिलाई सुल्झाउन सहयोगी हातहरुका साथ आफुहरुले कोही भोको नरहोस् भन्ने मान्यताले खाना खुवाउने र विभिन्न संघसंस्थाहरुका अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई खाद्यान्न उपलब्ध गराउन पाएकोमा आफूलाई खुसी महसुस भएको बताउनुभयो । साथै यस कार्यमा सहयोग उपलब्ध गराउने सबै व्यक्ति र संस्थाहरुमा हार्दिकता प्रकट गर्नुभयो ।प्रतिक्रिया

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *