पत्रकारहरुलाइ खाद्यान्न हस्तान्तरण सम्पन्न

Share to:

सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय सहसचिव एवं प्रवक्ता के बि सम्राटलाई नेपाल शाकाहारी पार्टीका अध्यक्ष राधेश्याम थापा र कपडा बैंक, १०० ग्रुप्सका सन्चालक बब्लुको संयोजनमा हेम एन्ड माया फाउन्डेसनबाट उपलब्ध १० बोरा चामल हस्तान्तरण भएको छ । 

शाकाहारी पार्टीका अध्यक्ष राधेश्याम थापाले विभिन्न स्थानहरूमा सहयोगी हातहरुका साथ विषम  परिस्थितिमा कोरोनाका कारण लकडाउनमा परेका विभिन्न तहतप्काका ब्यक्तित्वहरुलाई खाद्यान्नका साथै नून, तेल, दाल सहयोग गर्दै आएकाे  बताएका छन् ।

स्वतन्त्र पत्रकार संघ नेपाललाई पनि सहयोगी हातहरुले उपलब्ध गराएको खाद्य वस्तु संयोजन गर्ने अवसर प्राप्त भएकाे छ ।

हेम एण्ड माया फाउन्डेसनकि कोषाध्यक्ष जमुना राईले कोरोना भाईरसको विषमपरिस्थिति भोग्नुहुने परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउदै आएको र अझै सकेको उपलब्धब्ध गराउँदै जाने समेत बताउनुभयो ।

संविधानसभा सदस्य तथा पुर्ब सा‌ंसद पदम राईले हेम एण्ड माया फाउन्डेसनले यो कोरोना भाइरसको विषम परिस्थितिमा राहत स्वरुप खाद्यान्न उपलब्ध गराई त्यसको संयोजन गर्नु हुने नेपाल शाकाहारी पार्टीका राधेश्याम थापा र कपडा बैंक १०० ग्रुप्सका बब्लु जिलाई धन्यवाद दिदै स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष केबि सम्राट सँगको लामो समयपश्चातका‍े भेटलाई खुशी व्यक्त गर्दै उपलब्ध भएको सामाग्रीहरु सहि व्यक्तिहरुलाई वितरण गर्न आग्रह गर्दै फेरी पनि यो विषम परिस्थितिलाई सहयोगी हातहरुका हातहरु एकसाथ भइरहने  समेत बताए ।

Like