विश्वकै सर्वश्रेष्ठ रक्तदाता प्रेम सागर कर्माचार्य पनि महानगर प्रमुखमा मनोनयन

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १५,

मुलुकमा यतिखेर निर्वाचनका लागि उमेदवार चयनका कुराकानी एक अर्कामा भइरहेका छन् । हर दिन रात दिन झरी घाम नभनी निरन्तर सामाजिक सेवा निरन्तरता दिने वरिष्ठ समाजसेवी विश्वकै सर्वश्रेष्ठ रक्तसतक प्रेम सागर कर्माचार्य पनि महानगर प्रमुखमा मनोनयन दर्ता गर्नुभएको छ । उहाले खुला किताब चुनाव चिन्ह पनि निर्वाचन अधिकृतको कार्यालयबाट पाइसक्नु भएको छ । उहाको घोषणा पत्र पनि सार्बजनिक भइसकेको छ । उहाको घोषणा पत्रमा हामि सबै नेपालि, हामि सबै यहिनै छाउ र हामि शाशक होइन सेवक हौ त्यसैले पनि हामीलाई नगरवासीले भोट दिएर अझ सेवा गर्ने मौका दिनुहुने छ भन्ने कुराहरु उल्लेख छ । महानगर हाम्रो घर हो र महानगरका हामि सबै एकै परिवार हौ ।

महानगरबासि हुनमा गर्व गरौ, महानागरबासिको दायित्व र कर्तब्य बुझौ, स्वाभिमानी बनौ, आफ्नो मतको कदर गर्नेलाई चुनौ घोषणा पत्रमा उल्लेख छ । घोषणा पत्रमा मतदातालाई भन्नुभएको छ कि मेरो मतले बैधानिक भ्रष्टाचारी नजन्मिउन र आफ्नो मतप्रति सबैले गर्व गर्दै मतदान गरौ भनिएको छ । यसैले अहिले सम्मको मत हालेको खेर गएको महशुस हुँदाहुँदा अब खुला किताबमा मत दाङ गरि महानगरलाई साच्चिकै भ्रष्टाचारमुक्त बनाएर विकशित महानगर बनाऔ भन्ने उल्लेख गरिएको छ । यतिमात्र होइन स्वाभिमानी पुर्वक महानागरबासीहरुलाई जिउने अवस्थाको सृजना गरि अरुलाई होइन खुला किताबमै मतदान गर्न आग्रह गर्नुभएको छ । अरु पार्टीका घोषणा पत्रले जनाएका फुस्रा र घ्वंगी प्रचार बन्द गरेर समाजका ति समाजसेवीलाई सेवा गर्ने मौका दिनुहुन पनि आग्रह गर्नुभएको छ । खुला किताब चुनाव चिन्ह भएका वरिष्ठ समाजसेवी विश्वकै सर्वश्रेष्ठ रक्तसतक प्रेम सागर कर्माचार्य १६९ औं पटक रक्तादाताको रुपमा चिनिनुभन्दा पनि कसलाई कतिखेर रगत कुन ग्रुपको चाहिन्छ सो सेवामा तल्लिन रहनुहुने भनेर चिनिनु हुन्छ । उहाले अहिले सम्म लाखौको ज्यान बचैसक्नु भएको छ ।

Like