नेपाली कांग्रेस व्यास नगर समितिको नियमित बैठक तथा छलफल

दमौली, तनहुँ — नेपाली कांग्रेस व्यास नगर समितिको आयोजनामा आज वी.पी. स्मृति भवन, दमौलीमा नियमित बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तहका नेताहरू, नगर समितिका पदाधिकारी तथा विभिन्न वडाका सभापति र प्रतिनिधिहरूको वृहत् सहभागिता रहेको थियो। बैठकमा पार्टी संगठन सुदृढीकरणका लागि उपस्थित कार्यकर्ताहरूले आ-आफ्नो धारणा राखेका थिए। साथै, आगामी कार्ययोजना र समसामयिक राजनीतिक विषयवस्तुहरूमाथि पनि गहन छलफल गरिएको थियो।
बैठकमा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति बैकुण्ठ न्यौपाने, नगर सभापति सुर्य हड्खले,गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ ,गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य डोवाटे वि,क, निवर्तमान नगर सभापति शान्तिरमण वाग्ले, क्षेत्रिय सभापति जीतराज राना, महाधिवेशन प्रतिनिधि विणा कैनी,गर सचिवद्वय खेमराज पोख्रेल , सुरेश पुरी लगायत विभिन्न वडाका वडा सभापतिहरू र प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

