पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

Share to:

एजेन्सी/बैशाख २७,

मुलुकमा पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ। पाकिस्तानको यो घोषणा लगत्तै भारत प्रशासित कश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको बताइएको छ । त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ । पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो। प्रत्याक्रमणको घोषणासँगै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ । भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझ पनि गोलाबारी भएको थियो । कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा रातभर गोलाबारी भएको बताइएको छ । यद्यपि भारतले पाकिस्तानको यो घोषणाप्रति कुनै प्रतिक्रिया दिएको छैन । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् । उमर अब्दुल्लाहका अनुसार राजौरी सहरमा पाकिस्तान तर्फबाट गोलाबारी भइरहेको छ। उनले लेखेका छन्, ‘आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाइएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बनाइयो । आक्रमणमा उनको मृत्यु भयो।’ उनले लेखेका छन्, ‘राजौरीबाट दुखद खबर ! हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिएका थिए ।’ जी-सेभेन देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। यो अपिल दुई देशबिच तनाव बढिरहेको बेला आएको हो। क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। यसका साथै, जी-सेभेन देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्। जी-सेभेनको विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढुन्।’ भारत–पाकिस्तानबिचको तनाव तीव्र भइरहेका बेला पाकिस्तानले सञ्चालन गरेको ‘अपरेशन बुनयान-उन-मरसूस’ अन्तर्गत भारतका विभिन्न प्रमुख पूर्वाधार र सैन्य संरचनाहरूलाई निशाना बनाइएको दाबी गरिएको छ। पाकिस्तानी राज्य सञ्चालित मिडिया र सुरक्षा स्रोतहरूका अनुसार निम्नलिखित स्थानहरूमा आक्रमण भएको बताइएको छ: तर पाकिस्तानले दाबी गरेको यो कारवाहीबारे भारत सरकारले आधिकारिक प्रतिक्रिया जनाएको छैन । भारत र पाकिस्तानबिचको सैन्य तनाव चुलिँदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन्। यसैबिच केही क्षणअघि भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ। दुवै देशका एयर स्पेस बन्द हुँदा हवाई यातायातमा व्यापक असर पर्ने अनुमान गरिएको छ। स्थानीय समय अनुसार राति करिब ३:१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमान्ड प्राधिकरणको बैठक बोलाएका छन् । भारतविरुद्ध ‘अपरेसन बानयन मर्सस’ सुरु गरे लगत्तै उनले प्राधिकरणको बैठक बोलाएका हुन् । यो प्राधिकरण २००० मा स्थापित भएको थियो। यसको उद्देश्य आणविक हतियारहरू कडा र व्यवस्थित रूपमा प्रयोग गरिएको सुनिश्चित गर्नु थियो। राष्ट्रिय कमान्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्दछ।

Like