जाजरकोटको पैंक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

Share to:

टिकाराम सिंह/जाजरकोट, बैशाख ०२,

मुलुकमा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ। यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको हो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ।

Like