सरकारको प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने निर्णय
रासंसा/काठमाण्डौ, पौष १२,
मुलुकमा सरकारले प्रधानमन्त्री कार्यालयको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको पुनःसंचनासम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गर्ने बताएका थिए। एक वर्षे कार्यकालको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयबाटै नयाँ कुराको सुरुवात गर्ने बताएका थिए। सोही अभिव्यक्तिको कार्यान्वयन आज गरिएको सरकारका प्रवक्तासमेत रहेकी शर्माले बताइन्। प्रस्ताव स्वीकृति भएसँगै प्रधानमन्त्री कार्यालयमा रहेका ६८ दरबन्दी कटौती हुने उनले बताइन्। ‘प्रधानमन्त्री कार्यालयमा रहेको दरबन्दी कटौती भएपछि उहाँहरू अन्यत्र सर्नुहुन्छ,’ उनले भनिन्।