लायन्स क्लव अफ तनहुँ ३ सय २५ ले दोस्रो क्याविनेट मिटङ आयोजना गर्ने

Share to:

अन्जनराज न्यौपाने/तनहुँ,मार्ग ५,

जहा आवश्यक्ता त्यहाँ लायन्स भन्ने मुल नाराका साथ लायन्स क्लव अफ तनहुँ ३ सय २५ ले मंसिर ८, र ९ गते ब्यास जन्मभूमि दमौलीमा दोस्रो क्याविनेट मिटिङ अायोजना गर्ने भएको छ। कार्यक्रममा डिस्टिक गभर्नर परमेश्वर बरालले विपतका बखत लायन्सले राज्य र संघ संस्था नपुगेको कुनै पनि स्थानहरु मा जनस्थरमा सेवा मुलक कार्य गर्न हरप्रहर हाँजिर भएको बताए ।

यसैगरी दोस्रो क्याविनेट आयोजक समितिका संयोजक एब्म् चिफ पि.आर.ओ. सुरेन्द्र राज पौडेलले कार्यक्रमलाई सव्य एब्म् भव्य रुपबाट सफल बनाउन नेपालका विभिन्न जिल्लाबाट कुल १ सय ९ वटा क्लवहरुका ६ सय जनाको सहभागीता रहने जानकारी दिए। पत्रकार सम्मेलनमा लायन्स क्लव तनहुँ ३२५ का दोस्रो क्याविनेट मिटिङका सहसंयोजक चुणामणी ढाहालले तनहुँ जिल्ला भित्रका ७३ विधालयहरुमा भुकम्पबाट क्षति पुगेका विधालयहरुमा पुन निर्माण गरिसकेको छ र अादिकवि भानुभक्त क्याम्पसमा लायन्स विज्ञान ल्याव संचालन गरेको बताए ।लायन्स कल्व ३२५ तनहुँले जिल्ला भरका विभिन्न खाले रोगीहरुलाई कुनै पनि बखत रगत अावश्यक्ता परे लायन्स क्लव अफ तनहुँमा १२ हजार पिन्ट रगत संकलन भैसकेको बताए । लायन्स क्लव ३२५ ले जाजरकोटका भुकम्प पिडितहरुलाई ५० हजार डरल प्रदान गरिसकेको छ।

Like