अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

‘स्मार्ट’ सवारी चालक अनुमतिपत्र छपाइ रोकियो

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २२,

मुलुकमा कार्ड सकिएपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ। अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३ सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ। नियमित रूपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको संख्या भने बढिरहेको छ। थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरूले बताए। विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ।

Like