अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

ज्वागल सामाजिक संस्थाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Share to:

महेशजंग कुँवर/ललितपुर, आश्विन २०,

ज्वागल सामाजिक संस्था ललितपुरले नजिकिदै गरेको विजया दशमी, शुभ दिपावावली, शुभ छठ तथा नेपाल सम्बत ११४४ भिन्तुनाको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सामुदायिक भवन ज्वागलामा एक आयोजनाकासाथ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्सद राजेश अमात्यको सभापतित्वमा रहेको सो समारोहको प्रमुख अतिथि ललितपुर महानागरपालिकाकी उपप्रमुख मन्जरी शाक्यको आतिथ्यता थियो ।

समारोहमा विशेष आतिथ्यता ललितपुर महानगरपालिका वडा १० का वडाध्यक्ष रबिनमान व्यन्जनकार, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष डा. के बि सम्राट, महासचिव महेश जंग कुँवर, पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकाली थिए । यस्तै अतिथिहरुमा प्रगति शिक्षा सदनका प्रिन्सिपल सत्यनारायण मानन्धर, राप्रपाका ललितपुर क्षत्रिय अध्यक्ष सबिन खड्कालगायत बुद्दिजीवी तथा प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्यता थियो । समारोहमा संस्थाका पदाधिकारी तथा टोलबासी एवं स्थानीयहरुको उल्यख्य मात्रामा उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष राजेश अमात्यले संस्थाले गरेका क्रिआकलाप बारेमा प्रस्ट्याएका थिए । प्रगति शिक्षा सदनका प्रिन्सिपल सत्यनारायण मानन्धरले हामि आफै नै जिम्मेवारी हुनु अति जरुरि छ भन्दै यस संस्थाले गरेका कार्यक्रम प्रसंसनिय भन्नुभयो । प्रमुख अतिथि ललितपुर महानागरपालिकाकी उपप्रमुख मन्जरी शाक्यले महानगरको १० वडाले गरिमामय कार्य गरेकोमा खुशी ब्यक्त गर्दै आफ्नो राख्दै नजिकिदै गरेको विजया दशमी, शुभ दिपावावली, शुभ छठ तथा नेपाल सम्बत ११४४ भिन्तुनाको पावन अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका सल्लाहकार एवं स्वतन्त्र पत्रकार संघ नेपालका कोषाध्यक्ष बद्रि दुलालले संचालन गर्नुभएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण सेभ द नेशन टेलिभिजनले गरेको थियो ।

Like