रावा इनर्जीको आईपिओ जेठ १८ बाट बिक्रि खुला

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ८,

मुलुकमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जेठ १८ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ जारी गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पुजीँ २८ करोडको ३० प्रतिशत अर्थात कुल ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्ने छ । जसमध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्रि गरेको थियो। २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि यसअघि निष्काशन गरेकोमा ८७ हजार ६७० किक्ता मात्रै बाँडफाडँ गरि बाँकी १ लाख ९२ हजार ३३० कित्ता शेयर बाँकी रहेको थियो।
अब कम्पनीले उक्त बाँकी रहेको शेयर थप गरि कर्मचारीहरु, सामूहिक लगानी कोषका योजनाहरु तथा सर्वसाधारणलाई ६ लाख ९५ हजार ३३० कित्ता शेयर बिक्रि गर्ने छ।
जसमध्ये १५ हजार ४७ कित्ता कर्मचारीको लागि र सामुहिक लगानी कोषका योजनालाई ३७ हजार ६१६ कित्ता र सर्वसाधारणको लागि ६ लाख ४३ हजार ६६७ किक्ता शेयर निष्काशन गर्न लागेको हो।

आइपीओमा आबेदन दिन ईच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

इच्छुक आबेदकले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनसक्नेछन् भने अधिकतममा १० हजार कित्ताका सम्म आबेदन दिन सक्नेछन् ।

आइपीओमा जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा पुरा बिक्री नभएमा आबेदन दिने समय जेठ ३२ गतेसम्म रहने छ ।

Like