प्रदेशप्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]समाचार

जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा व्यास-३ स्थित पञ्च मन्दिर क्षेत्रको झाडी सरसफाई

Share to:


अन्जन राज न्यौपाने गण्डकी प्रदेश तनहुँ।

तनहुँ, २०८३ भदौ ३० गते

जिल्ला तनहुँ, व्यास नगरपालिका वडा नं. ३ स्थित पञ्च मन्दिरको आसपासको क्षेत्रमा झाडी बढेर सामाजिक मर्यादा विपरीतका गतिविधिहरु हुन सक्ने भन्दै स्थानीयबाट जनगुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले सरसफाई अभियान सञ्चालन गरेको छ ।
उक्त स्थानमा झाडी बढी लुकेर अवाञ्छित तथा समाजिक मर्यादा विपरीतका कार्यहरु हुन सक्ने जनगुनासोहरु प्राप्त भएकोमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली खटिएको हो ।

प्रहरी टोलीले स्थानीय बासिन्दाहरुको सहयोग र सहकार्यमा उक्त क्षेत्रमा रहेको बाक्लो झाडी फडानी गरी सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेले जानकारी दिए।

सरसफाई पश्चात उक्त क्षेत्रको वातावरण सफा भएको र आपराधिक तथा अनैतिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने विश्वास तनहुँ प्रहरीले लिएको छ । स्थानीयले पनि प्रहरीको यस कार्यको स्वागत गरेका छन् ।

Like