कृष्ण बेकरी एण्ड कन्फेक्सनरी उद्योगले पुरानोे बानेश्ववरमा शाखा उद्घाटन गर्दै हिरक जयन्ती मनायो

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २८,

मुलुकमा कृष्ण बेकरी एण्ड कन्फेक्सनरी उद्योगले आफ्नो आठौं शाखा पुरानो बानेश्वरमा शाखा उद्घाटन गर्दै हिरक जयन्ती वरिष्ठ कलाकार एवं चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यतामा ७५ वर्ष पुगेको उपलक्षमा केक काटेर सम्पन्न भएको छ । सो कार्यक्रम अगाडी उद्योगका संचालक कृष्ण बहादुर राजकर्णिकारका नाति, महाजन राजकर्णिकारका छोरा रमेश राजकर्णिकार र नाति श्रेयस राजकर्णिकारसमेत परिवारले रिवन काटेर दिप प्रज्वलन गर्दै समुद्घाटन भएको थियो । मुलुककै पहिलो बेकरी एण्ड कन्फेक्सनरी उद्योग भएकाले योस उद्योगलाई विशेष रुपले हेर्नु अर्को विशेषता हो । बिक्रम सम्बत २००५ सालमा कृष्णबहादुर राजकर्णिकारले स्थापना गरेको सो उद्योग कृष्ण पाउरोटीका नामले प्रख्यात छ ।

नेपालमा पाउरोटीको जग बसाउने पनि सोही उद्योग हो । कृष्ण बेकरी एण्ड कन्फेक्सनरी उद्योगले आफ्नो हिरक महोत्सव (७५ औं वार्षिकोत्सव) मनाउने क्रममा पुरानो बानेश्वरमा सञ्चालनमा ल्याएको शाखाको सन्चालक रमेश राजभण्डारीले उद्‌घाटन गर्दै यस क्षेत्रका ग्राहक वर्गलाई सेवा पुर्याउने उद्देश्यका साथ शाखा सञ्चालन ल्याएको बताए । आफ्नै देशमा उत्पादित कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिने बेकरी र कन्फेक्सनरीले विगत ७५ वर्षदेखि ग्राहकको मन जित्दै आएको उनको भनाई छ । पुरानो बानेश्वरमा सञ्चालित आठौं शाखाको व्यवस्थापन नेपालमा पाउरोटीका जन्मदाता (कृष्ण पाउरोटी २००५) कृष्णबहादुर राजकर्णिकारका पनाती श्रेयष राजकर्णिकारले गर्ने उद्द्घाटन कार्यक्रममा जानकारी दिइयो । स्वदेशी कच्चा पदार्थ र स्वदेशी नै सीपका साथ उत्पादित कृष्ण बेकरी एण्ड कन्फेक्सनरी उद्योगका उत्पादनहरु उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेका छन् ।

Like