विश्व शान्ति आध्यात्मिक जागरण यात्रा बैशाख १० गतेदेखी हुने

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ७,

मुलुकमा चरित्र निर्माण संघको आयोजनामा विश्व शान्ति आध्यात्मिक जागरण यात्रा यहि बैशाख १० गतेदेखि हुने भएको छ । आध्यात्मिक जागरण यात्रा काठमाडौंको पशुपतिनाथ मन्बादिरबात सुरु हुने जनाइएको छ । त्यहाँंबाट सिन्धुली,बर्दिबास, जनकपुर, सिरहा, सप्तरी, सुनसरी हुँदै झापा कोशी प्रदेश पुग्ने छ । चरित्र निर्माण संघको यहि बैशाख ५ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार चरित्र निर्माण संघका अध्यक्ष स्वामी सच्चिदानन्द विशुद्ददेवाका शिष्य स्वामी कल्याण मित्रको यात्राका संयोजक तोकिएका छन् । यस्तै मिडिया पार्टनर सेभ द नेशन मिडिया तोकिएको छ भने प्रचार परसार प्रमुख तथा जनसम्पर्क अधिकारी सेभ द नेशन अनलाइन टेलिभिजनका प्रमुख संचालक के. बि. सम्राट तोकिनु भएको छ भने अन्तर्राष्ट्रिय धार्मिक अभियन्ता तथा पशुपति अन्नपुर्णा आश्रमका मधेश प्रदेश प्रमुख भोगेन्द्र लाल कर्णलाई धार्मिक तथा संस्कृति बिभाग प्रमुख बैठकले निर्णय गरेको छ । यस्तै आर्थिक बिभाग तथा योग संचालन बिभाग प्रमुख योगाचार्य ऋषि लोहनीलाई तोकेको जानकारी सो समितिले जनाएको छ ।

चरित्र निर्माण संघका संस्थापक एवं परमप्रेरक विशुद्धोपनिषदका उपदेशक तथा चरित्रविज्ञानका महर्षि परमपूज्य गुरुवर श्री १००८ स्वामी सच्चिनानन्द विशुद्धदेव ब्रम्हलिन हुनु भएको २२ औ पुन्यतिथिको अवसरमा सो आद्यात्मिक जागरण यात्रा स्वामी कल्याण मित्रको संकल्पमा हुन लागेको संघका महासचिव रमेश नकर्मीले जनाए । स्वामी सच्चिदानन्द विशुद्ददेवका शिष्य एवं अनुयायी व्यक्ति एक प्रतिभा अनेक डा. इन्दुल केसीले व्यापक रुपमा प्रचार प्रसार गर्ने प्रण गर्नुभई एबीसीडी खबरमा समाचार प्रकाशन गरिसक्नु भएको छ । यात्रा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुने पनि स्वामी सच्चिदानन्द विशुद्ददेवका शिष्य पाशुपत योगी महात्मा सुशीलले जानकारी दिनुभएको छ । स्वामी सच्चिदानन्द विशुद्ददेवका शिष्यहरुमा स्वामी ब्रम्हश्री मित्र, स्वामी कल्याण मित्र, स्वामी स्रद्दानन्द, स्वामी प्राण मुर्ति, स्वामी सत्य ब्रत, स्वामी पंचशील, स्वामी निलकण्ठ बाबा, स्वामी द्रबेश बाबा, स्वामी शशी भास्करम, पाशुपत योगी महात्मा सुशील प्रमुख १० शिष्य रहेका छन् भने अनगिन्ति रुपमा भक्त र अनुयायीहरु छन ।

Like